जसिताको प्रेममा छन् प्रदीप ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसिताको प्रेममा छन् प्रदीप ?

p n j

काठमाडौं, १७ बैशाख । केही दिनदेखि युवा स्टार प्रदीप खड्का लगातार मिडियामा छाइरहेका छन् । लिलिबिली को सुखद कलेक्सनले उनको एकातिर चर्चा चुलिरहँदा यसै फिल्मका निर्देशक मिलन चाम्ससँग ‘पानी बाराबार’ भएको अर्को खबरले सिनेवृत तरंगीत बनेको छ ।

यस्तैमा यतिबेला उनको अफेयरको खबर चर्चामा छ । लिलिबिली अभिनेत्री जसिता गुरुङसँग उनी प्रेममा रहेको टिका टिप्पणी सुरु भएको छ । डेब्यू फिल्मबाट जसिताले राम्रो संभावना देखाएकी छिन् । बिहीवार राजधानीमा भएको छैठौँ एनएफडिसी अवार्डमा यस फिल्मबाट उनले उत्कृष्ट नव अभिनेत्रीको अवार्ड पनि प्राप्त गरिन् । अहिले उनी अध्ययनका लागि लण्डनमा छिन् । तर, एक नयाँ फिल्मका लागि उनी चाँडै नेपाल फर्किने स्रोत बताउँछ ।

खबरअनुसार, जसिताले फेरि नयाँ फिल्म प्रदीपसँग नै गर्दैछिन् । लिलिबिली मा दर्शकले यो जोडीलाई औधि रुचाएपछि धेरै निर्मातारनिर्देशकको आँखा प्रदीप जसितामाथी डुल्न थालेको छ । आफूले साइन गरेका केही फिल्ममा प्रदीपले नायिकामा जसितालाई सिफारिस गरेको खबर एककान दुईकान गर्दै मैदान भइरहँदा कतै उनीहरु प्रेममा त छैनन् भन्ने प्रश्न उब्जिन थालेका छन् ।

हालसालै उनले आफ्नो प्रमुख भूमिका रहने फिल्म रोजी का लागि जसिताको नाम सिफारिस गरेको खबर प्राप्त छ । तर, निर्माण टिमको उनको अपोटिजमा परमिता आरएल रानालाई फाइनल गरेको छ । यस्तै, उनको नयाँ फिल्म भैरवीमा पनि जसिता हुने चर्चा छ । निर्माता सुवास गिरी प्रदीपको जोडी खोज्दै गर्दा गएको दुई हप्ता अगाडि लिलिबिली को स्पेशल शोमा जसिताकै काम हेर्न हल पुगेका थिए ।

उनलाई जसिताको काम मन परेको छ तर फेरि एउटै जोडीलाई पर्दामा दोहोर्‍याउने मनस्थितिमा भने उनी देखिएका छैनन् । लिलिबिली निर्माता गोविन्द शाही पनि पुनः प्रदीपसँग मिलेर एक फिल्म निर्माण गर्दैछन् । जसमा जसिता लिड रोलमा हुने प्रवल सम्भावना छ । यी सारा कुराले प्रदीप र जसिताको अफेयरको खबरलाई थप मलजल गरिरहेको छ । कतै यी हल्लाहरु झैँ यो खबर सत्य त होइन । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);