प्रदीपलाई ५० लाखको अफर ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

प्रदीपलाई ५० लाखको अफर ?

Pradeep-Khadka

काठमाडौं, २ भदौ । अभिनेता प्रदीप खड्कालाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भनिन थालिएको छ । उनलाई लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । ‘प्रेमगीत’ हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा उनको लोभलाग्दो ‘फ्यान क्रेज’ बनेको छ ।

उनी फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । ‘लिलिबिली’ मा २५ लाख पारिश्रमिक लिएर अनुबन्ध भएका उनलाई अहिले ५० लाखको समेत अफर आइरहेको छ ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोज’ को प्रचारमा व्यस्त प्रदीपलाई हाल ३ तीनबाट ५० लाखको अफर आएको छ । तीनै फिल्मको उनले वान लाइन स्टोरी पनि सुनिसकेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उनले केही दिनमा तीनमध्ये एक फिल्म साइन गर्दैछन् ।

फिल्मीखबरसँगको कुराकानीको क्रममा प्रदीपले ५० लाखको अफर आएपनि साइन नगरिसकेको बताए । उनी भन्छन्, ‘पारिश्रमिक ठूलो कुरा होइन । कथावस्तु र भूमिका राम्रो लागे मात्र फिल्म गर्छु ।’ उनी ५० लाखको अफर आएका तीनमध्ये एक फिल्म गर्ने सोचमा भने देखिएका छन् ।

स्रोतका अनुसार, प्रदीपले निर्माता डक्टर सिंह गुरुङको अनटाइटल प्रोजेक्ट गर्ने लगभग पक्कापक्की भएको छ । उक्त फिल्मलाई भेट्रोन निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्न सक्नेछन् । निर्माता गुरुङ, प्रदीपलाई ५० लाख र निर्देशक घिमिरेलाई ३५ लाख दिन तयार छन् ।

अघिल्लो समाचार