‘बेला’ मा प्रदीपभन्दा रामबाबु महँगा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘बेला’ मा प्रदीपभन्दा रामबाबु महँगा !

rambabu gurung

काठमाडौं, २१ पुस । हलिउड/बलिउड होस् वा नेपाली फिल्म, पर्दा पछाडिका व्यक्तिको पारिश्रमिकको चर्चा निकै कम हुन्छ । अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा दर्शकको सर्वाधिक चासो रहने हुँदा निर्देशकलगायतको पारिश्रमिक चर्चाको विषय बन्दैन । तर, निकै कमलाई थाहा हुनसक्छ, कलाकारको भन्दा बढी पारिश्रमिक अचेल निर्देशकले बुझ्न थालेका छन् ।

हलिउड/बलिउडमा मात्र होइन नेपाली फिल्ममा पनि गिनेचुनेका निर्देशकले अहिलेका चलेका सुपरस्टारको भन्दा बढी पारिश्रमिक बुझ्ने गर्दछन् । अभिनेतामा अहिलेका हटकेक अनमोल केसी र प्रदीप खड्काले एक फिल्मबापत ५० लाख बुझ्ने गरेको चर्चा छ । तर, यसलाई सत्य मान्ने कुनै आधार छैन ।

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले भने दुई अभिनेतालाई मात खुवाउने पारिश्रमिक बुझेका छन् । हाल नयाँ फिल्म ‘साइँली’ को काममा व्यस्त उनी चाँडै अहिलेका सर्वाधिक डिमान्डेड ब्वाई प्रदीपलाई लिएर फिल्म ‘बेला’ बनाउँदैछन् । नयाँ वर्षबाट फिल्मको छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।

यो फिल्मका लागि निर्देशक गुरुङले अभिनेता प्रदीपभन्दा बढी पारिश्रमिक बुझेका छन् । प्रदीपले ‘बेला’ मा ४० लाखको नजिक पारिश्रमिक बुझेको खबर छ । यसबाट सरकारलाई २५ प्रतिशत ट्याक्स बुझाउनु पर्ने हुन्छ । ट्याक्स बुझाएर उनलाई निर्माताले सो रकम दिएका हुन् वा प्रदीप स्वयंले प्राप्त पारिश्रमिकबाट ट्याक्स बुझाउनु पर्ने हो त्यो भने जानकारीमा छैन ।

निर्देशक गुरुङले भने निर्मातासँग ५० लाखमा फिल्म साइन गरेका हुन् । निर्देशन र कथा गरि उनले उक्त पारिश्रमिक हात पारेका हुन् । उनले १० लाख साइनिङ एमाउन्ट बुझिसकेका छन् भने बाँकी ४० लाखको चेक तयार हुँदैछ । निर्देशक गुरुङले प्राप्त ५० लाख पारिश्रमिकबाट आफूले नै ट्याक्स बुझाउनु पर्ने बताए । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);