नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर

काठमाडाैं । एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थालेका छन् ।

नेपाली फिल्मनगरीका मह‌गा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्ध गरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन् । फिल्मको  कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेर अफर गरेका हुन् । पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गरेका सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ ।

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको जनाउँदै सामाजिक सञ्जालमार्फत केही दिनमा यसबारे बताउने उल्लेख गरेका छन् ।

‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो,’ निर्देशक भट्टले लेखेका छन्, ‘उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’ यद्यपि फिल्ममा उनी अनुबन्धित भने भइसकेका छैनन् । फिल्मको छायांकन नेपाल, भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउँदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाए । उनले एक सातामै उनको काम सक्ने तयारीसमेत थालेका छन् । 

नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोचअनुसार यसपटक कथा पनि सोहीअनुसार तयार पारेको मुकुन्द बताउँछन् । तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);