नीतिको स्पष्टिकरणः ‘म फिल्म गर्दैछैन’ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

नीतिको स्पष्टिकरणः ‘म फिल्म गर्दैछैन’

niti shah

काठमाडौं, १४ बैशाख । सौन्दर्य प्रतियोगिता मिस नेपाललाई नेपाली फिल्म क्षेत्रका लागि अभिनेत्री उत्पादन गर्ने ‘फ्याक्ट्री’ भन्ने गरिन्छ । किनकि, मिस नेपालले नेपाली फिल्मका लागि थुप्रै अभिनेत्रीलाई जन्म दिएको छ । मिस नेपालको ताज जितेका प्रायः सुन्दरीहरु अहिले नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । रुवी राणादेखि सृष्टि श्रेष्ठसम्म यसका उदाहरण हुन् । सन् २०१७ की मिस नेपाल नीकिता चाण्डकले पनि चाँडै अभिनेता विराज भट्टसँग एक फिल्ममा जोडी बाँध्दैछिन् ।

विभिन्न सुन्दरी प्रतियोगिता जितेर नेपाली फिल्ममा प्रवेश गर्ने सुन्दरीहरुको भीड लामो भए पनि केही सुन्दरीहरुलाई भने नेपाली फिल्म क्षेत्र नै स्वागत गर्न आतुर छ । मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा र मिस नेपाल २०१७ की सेकेन्ड रनरअप नीति शाहलाई लिएर फिल्म बनाउन धेरै फिल्ममेकर तयार छन् । तर, दुबैले फिल्ममा प्रवेश गरेका छैनन् । श्रृंखलाले त फिल्म नगर्ने घोषणा नै गरिसकेकी छन् ।

नीति भने राम्रो फिल्मबाट अफर आए काम गर्ने मुडमा छिन् । आफ्नो सुन्दरताले धेरैलाई मोहित बनाएकी उनले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘प्रेमगीत ३’ मा जोडी बाँध्ने केही दिनयता निकै चर्चा छ । उनले केही दिन अगाडि फिल्म ‘लभ स्टेशन’ हेरेर बाहिरिँदै गर्दा आफूलाई ‘प्रेमगीत’ को तेस्रो सिरिजबाट अफर आएको र स्क्रिप्ट मनपरे काम गर्ने बताएकी थिइन् । यसअघि नीतिले प्रदीपसँग डिसहोमको एक विज्ञापनमा काम गरेकी थिइन् ।

हालै निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरे । तेस्रो सिरिजमा पनि अभिनेता प्रदीप दोहोरिँदैछन् । सन्तोष र छेतन गुरुङले मिलेर फिल्मको निर्देशन गर्दैछन् । फिल्ममा निर्माण टिमले प्रदीपको अपोजिटमा नायिका पनि फाइनल गरिसकेको स्रोत बताउँछ । लिड हिरोइनमा नीति अनुबन्ध भएको फिल्मवृतमा चर्चा छ । तर, यसबारे निर्माता सेनले कुनै जानकारी दिएका छैनन् ।

नीतिले भने आफूले कुनै फिल्म साइन नगरेको जानकारी गराएकी छन् । ‘प्रेमगीत ३’ मा प्रदीपको जोडीको रुपमा फाइनल भएको चर्चालाई झुट बताउँदै उनले फेसबुक स्टोरीमा लेखेकी छन्, ‘मित्रहरु म फिल्म गर्दैछैन । बजारमा चलेको हल्ला निराधार हुन् ।’ प्राप्त जानकारी अनुसार, नीतिलाई प्रदीपले ‘प्रेमगीत ३’ को प्रस्ताव राखेका थिए । अब नीतिले नै फिल्म गर्न लागेको कुरालाई हल्ला बताएपछि फेरि प्रदीपको जोडी को होला भन्ने चासो सुरु भएको छ ।

फिल्मीखबरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);