वृद्धाआश्रम खोल्न ‘लम्फू’ हिरो पैसा जोहो गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

वृद्धाआश्रम खोल्न ‘लम्फू’ हिरो पैसा जोहो गर्दै

Sanjit Bhandari-lamfu

काठमाडौं, १५ बैशाख । फिल्म हेर्ने नियमित दर्शकका लागि सञ्जित भण्डारी परिचित नाम होइन । तर, अब उनलाई तपाईहरुले याद गर्नसक्ने भूमिकामा देख्न पाउनुहुनेछ । उनी अभिनीत फिल्म ‘लम्फू’ यही बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।

सलोन बस्नेत, कबिर खड्का र उनी फिल्मका लिड पात्र हुन् । उनले यसमा चाँदनी शर्मा र तरकारीवाली नामले प्रख्यात कुशुम श्रेष्ठसँग रोमान्स गरेका छन् । उनी भन्छन्, ‘फिल्मका तीन लम्फू मध्येको एक हुँ म । म सोझो खालको लम्फू हुँ तर लम्फूहरुलाई प्रयोग गर्ने लम्फूको भूमिकामा छु ।’

सञ्जित ‘लम्फू’ आफ्नो करिअरको कोशे ढुङ्गा सावित हुनेमा विश्वस्त छन् । उनी सलोन र कबिरको चुपेवामा नपर्नेमा पनि ढुक्क देखिन्छन् । उनी निर्धक्क भन्छन्, ‘काम नै कमजोर छ भने पो अरु कलाकारको चेपुवामा परिन्छ भन्ने डर हुन्छ । ‘लम्फू’ मा अभिनय गरेका हरेक कलाकारको भूमिका बलियो छ । कोही कसैको कारण ओझेलमा पर्दैनन् ।’

अभिनय सँग-सँगै उनलाई समाजसेवा गर्ने पनि ठूलो इच्छा रहेछ । शुक्रवार फिल्मीखबरको कार्यालयमा भेटिएका उनले आफू ४२ वर्षको भएपछि एउटा वृद्धाआश्रम खोल्ने ठूलो सोच बनाएको बताए । आजभन्दा ५ वर्ष अगाडिदेखि नै उनले वृद्धाआश्रम बनाउनका लागि खर्च जोहो गर्न थालिसकेका छन् ।

‘जब म घर पुग्छु र खल्तीमा ५ रुपैयाँ भेटे भने म जम्मा गरेर राख्छु । यस्तो गर्न थालेको झण्डै ५ वर्ष भयो ।’ सञ्जित अगाडि भन्छन्, ‘गएको वर्षको मेरो जन्मदिनबाट भने १० रुपैयाँ राख्न थालेको छु । घरमा १० रुपैयाँभन्दा तलको नोट भयो भने खुत्रुकेमा राख्छु र पछि बैंकमा जम्मा गर्छु ।’

उनी अभिनीत फिल्म ‘लम्फू’ लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । उक्त फिल्मको निर्मातामा शक्तिबल्दभ घोरासैनी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);