‘भाग्यमानी हुँ, मेरो जिन्दगीमा दीपिका छिन्’ : रणवीर सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘भाग्यमानी हुँ, मेरो जिन्दगीमा दीपिका छिन्’ : रणवीर सिंह

ranveer dipika

काठमाडौं, ५ चैत । बलिउडमा रणवीर सिंह र दीपिका पादुकोणको प्रेमको चर्चा सधै हुने गर्दछ । उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमा पनि देखेको समाचार प्रशारण गर्दै आएका छन् । तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन् ।

उनीहरुलाई बलिउडमा हट कपलको रुपमा लिइन्छ । रणवीरले कलाकारको रुपमा दीपिका निकै राम्रो लाग्ने बताएका छन् । हालैमा एक अन्तर्वार्ताको क्रममा उनले दीपिका आफ्नो जिन्दगीमा आएकोमा आफूलाई भाग्यमानी ठानेको बताए ।
प्रेम सम्बन्ध र विवाहको विषयमा घुमाउरो जवाफ दिँदै उनले भने, ‘यो आपसी समझदारीको सम्बन्ध हो । म उनलाई एक कलाकारको रुपमा निकै उच्च स्थानमा राख्छु । उनी अद्भुत कलाकार हुन् । उनबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु ।’

रणवीर थप्छन्, ‘दीपिकाले मलाई एउटा असल व्यक्ति बनाउनका लागि ठूलो मद्दत गरेकी छिन् । मैले आफ्नो जिन्दगीमा उनलाई पाएर धेरै भाग्यमानी महशुस गरेको छु ।’ दीपिका रणवीर स्टारर फिल्म पद्मावतु ले विवादका बीच पनि भारतीय बक्सअफिसमा ३ सय करोडको कलेक्सन गर्न सफल भएको छ ।

रणवीर आफ्ना लागि पद्मावतु करिअरको महत्वपूर्ण फिल्म रहेको बताउँछन् । संजय लीला भंसाली द्वारा निर्देशित फिल्ममा रणवीरले अलाउद्दीन खिलजीको भूमिका निर्वाहा गरेका थिए । अभिनेत्री दीपिका पादुकोण र शाहिद कपूर पनि फिल्ममा प्रमुख भूमिकामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);