‘स्टार’ बने पुष्प ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘स्टार’ बने पुष्प ?

काठमाडौं, ४ चैत । नियमित म्यूजिक भिडियोका दर्शकका लागि पुष्प खड्का नयाँ नाम होइन । ३ सयभन्दा बढी भिडियोबाट उनले आफ्नो नामलाई ब्रान्ड बनाइसकेका छन् ।

सानो पर्दामा रमाइरहेका जो कोहीँलाई ठूलो पर्दा सपना हो । पुष्प पनि यतिबेला काँचको पर्दामा आफूलाई स्थापित गर्न लागीपरेका छन् । सानोतिनो भूमिका भएपनि उनको डेब्यु फिल्म ‘अझैपनि’ हो । त्यसपछि पुराना निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ मा लिड रोल दिएर उनलाई ठूलो गुन लगाए । तर अपसोस, न ‘अझैपनि’, न त ‘दर्पण छायाँ २’ ले नै पुष्पलाई शितल छहारी प्रदान गर्‍योे । मात्र नदुखेको घाउमा नुन थप्ने काम गर्‍योे ।

यसैवीच उनी बाघ निर्माता भनिने छविराज ओझाको ब्यानरसँग जाडिए । राजेश हमालदेखि आर्यन सिग्देलसम्मलाई स्टार बनाएको ब्यानरले आफूलाई पनि ठूलै सफलता दिलाउने अभिलासासहित उनले ‘मंगलम’ साइन गरे । यतिबेला यो फिल्म दोस्रो हप्तामा सिनेमा घरमा चलिरहेको छ ।

फिल्मको विजनेश सार्वजनिक भएको भए उक्त फिल्म बक्सअफिसमा के भयो त्यसको जोडघटाउ गर्न सजिलो हुन्थ्यो । निर्माता ओझा दर्शकको माया ठूलो भएको भन्दै फिल्मको विजनेश रिपोर्ट सार्वजनिक नगर्ने भन्दै हिँडिरहेका छन् ।

तर, अभिनेता पुष्पका लागि भने यो फिल्म करिअरको टर्निङ प्वाइन्ट बनेको छ । उनका लागि फिल्मको विजनेश दोस्रो कुरा भयो । पहिलो त उनको अभिनयको यतिबेला सर्वत्र तारिफ भइरहेको छ ।

श्रीमान श्रीमतीवीचको प्रेम बोल्ने फिल्ममा पुष्पले आफ्नो तर्फबाट ‘बेष्ट’ दिन चुकेका छैनन् । यो फिल्मको ब्यापारिक रिपोर्ट जस्तोसुकै आएपनि उनको कलिलो फिल्मी यात्राको रेस भने अब एकतमासले लम्किने पक्का छ ।

धेरैले उनलाई अबको ‘स्टार’ अभिनेताको रुपमा समेत हेर्न थालेका छन् । ‘मंगलम’ ले उनलाई ठूला ब्यानरका लागि बाटो समेत खोलिदिएको छ । अब यो त पुष्पमै निर्भर गर्छ कि भोलीका दिनमा संख्या मात्र बढाउने हो वा गुणस्तर तर्फ पनि ध्यान दिने ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);