‘मन परेपछि’ निर्माताले खोले स्टुडियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘मन परेपछि’ निर्माताले खोले स्टुडियो

studio

काठमाडौं, ४ चैत । फिल्मको प्राविधिक कार्यका लागि उच्च प्रविधि जडानसहित राजधानीमा सुविधा सम्पन्न स्टुडियो ‘रिङ’ सञ्चालनमा आएको छ ।
ललितपुरको एकान्तकुनामा स्टुडियो ‘रिङ’ लाई फिल्म ‘बाजी’ र ‘मन परेपछि’ का निर्माता तथा संगीतकर्मी दिपक रमणले सञ्चालनमा ल्याएका हुन् । दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले पनि दिपकसँग स्टुडियोमा सहकार्य गरेका छन् ।
स्टुडियोमा गीतसंगीतका सबै कामदेखि फिल्मको डविङ र पोष्ट प्रोडक्शनको काम हुने सञ्चालक दिपकले जानकारी दिए ।

स्टुडियोलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले शनिवार संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनमा केही गीत रेकडिङसहित स्टुडियो सञ्चालनमा ल्याईएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);