१५ पुसमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

१५ पुसमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’

काठमाडौं। हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायतका कलाकारको अभिनय रहेको छ । निर्माता अरुण चक्रवर्तीले फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने दाबी गरे । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा फिल्म निर्माण भएकाले केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

 

Leave a Reply

ताजा समाचार