सहरमा आदिवासी फिल्म | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सहरमा आदिवासी फिल्म

aadibasi film

काठमाडौँ, १७ असार । भूतप्रेत र तन्त्रमन्त्रसम्बन्धी थुप्रै हरर फिल्म बनेका छन् । नेपाल भाषामा बनेको हरर फिल्म ‘तापलय’ राजधानीमा जारी दोस्रो आदिवासी जनजाति फिल्म महोत्सवको दोस्रो दिन देखाइयो ।

‘तापलय’ अर्थात् विदेश वा टाढा । बालमुकुन्द प्रजापतिले निर्देशन गरेको फिल्ममा घरदेखि कुनै अन्य ठाउँमा यात्रा गर्नु पहिले सुरक्षाका लागि बुटी बान्ने चलन र भूतप्रेत नाश गर्न गरिने होम यज्ञ जस्ता सन्दर्भ देख्न सकिन्छ । दुई घण्टा १६ मिनेट लामो फिल्म भीएफएक्सको प्रयोग गरेर बनाइएको छ । दोस्रो दिन नै देखाइएको गुरुङ भाषाको ‘मौरिमो’ ले पनि वैदेशिक रोजगारी र शिक्षाका लागि युवा विदेशिनु वा सहर पस्नुले गाउँको सामुदायिक विद्यालयमा समेत विद्यार्थी घट्दै गएको समस्या देखाइएको छ । मुनाल फिल्मस्को ब्यानरमा निर्मित फिल्म ७० प्रतिशत गुरुङ भाषामा आधारित छ । केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको निर्देशन भने भोजबहादुर गुरुङले गरेका हुन् ।

त्यस्तै फेस्टिभलमा राजवंशी समुदायको तर्फबाट ‘दुलारी’ फिल्म पनि देखाइएको थियो । विनोद पुडासैनीले निर्देशन गरेको फिल्ममा लासो राजवंशी, वसन्तकुमार थारू, सुशीला राजवंशी, पन्नलाल राजवंशीलगायतले अभिनय गरेका छन् । त्यसैगरी शिव मुखियाको निर्देशन रहेको सुनुवार भाषाको ‘गो सु नङा’, शेर्पा भाषाको आङ ङिमा शेर्पा निर्देशित ‘टिन्छेन फामा’ र मगर भाषाको हिमाल पुन निर्देशित ‘तमसुक’ देखाइएको थियो ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले फेस्टिभलको उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै मन्त्री पुनले भने, ‘कुनै पनि समुदाय कति सभ्य छ भन्ने कुरा त्यस समुदायको कला, संस्कृति र साहित्यले झल्काउँछ । त्यसैले हामीले हाम्रो कला, संस्कृति र साहित्यलाई परिस्कृत गर्दै मूलधारमा परिणत गर्नुपर्छ ।’ शुक्रबार संजोग लाफामगर निर्देशित डकुमेन्ट्री फिल्म ‘कमलपोखरी’ देखाउँदै फेस्टिभल सुरु भएको थियो ।

त्यस्तै मेजन पुन मगर निर्देशित मगर भाषाको ‘रैयाँ’, कृष्ण चौधरी निर्देशित थारू भाषाको ‘टुटल जिन्दगी’ र मदन चौधरी निर्देशित थारू भाषाको फिल्म ‘मन्दरा’ प्रदर्शन गरिएको थियो । फेस्टिभल आइतबारसम्म चल्नेछ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);