विवाह इटालीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विवाह इटालीमा

deepika ranveer

काठमाडौँ, १८ असार । वर्ष दिनयता बलिउडका थुप्रै सेलेब्रिटीले लगनगाँठो कसे । अनुष्का शर्मा र विराट कोहलीदेखि सोनम कपुर र आनन्द अहुजा, नेहा धुपिया र अंगद वेदीका विवाहलाई समाचार माध्यमले विशेष ग्राह्यता पनि दिए ।
यीबाहेक गायक हिमेश रेसमिया, अभिनेता मिलिन्द सोमन, अभिनेत्री श्रीया सरन, कमेडियन भारती सिंह लगायतका विवाह पनि चर्चाका विषय बने ।

अब भने बलिउडका लभबर्ड अर्थात् दीपिका पादुकोण र रणवीर सिंहको विवाहलाई लिएर अड्कलबाजी सुरु भएको छ । भारतीय मिडियाका अनुसार दीपिका केही महिनापछि नै दीपिका सिंह अथवा दीपिका पादुकोण सिंह बन्दै छिन् । आउँदो नोभेम्बर १२ देखि १६ भित्रमा विवाहको मिति तय गरिँदै छ । दुवैले आफ्ना साथीभाइ र आफन्तलाई यो मितिभित्र अन्य कार्यक्रम नराख्न आग्रह गरेका छन् ।

के पनि सुन्नमा आएको छ भने उनीहरूले भारतमा नभएर इटाली गएर विवाह गर्दै छन् । विदेशमा समारोह आयोजना गर्दा आफूहरूले चाहेको गोपनीयता कायम हुने भन्दै इटाली रोजिएको बताइन्छ । रिसेप्सन पार्टी भने मुम्बईमा राख्ने खबर छ । इटालीको विवाह समारोहमा अर्जुन कपुर, शाहरूख खानलगायत एकाध क्लोज–फ्रेन्ड्सलाई निम्ता दिइनेछ ।

नोभेम्बरमा हुने भनिएको विवाहकै लागि दीपिका र रणवीरले अक्टोबरभित्रै सारा सुटिङ र अन्य कार्यक्रम सकाउन लागेका छन् । त्यसपछि बल्ल बिहेको तयारी तीव्र बनाउने योजना रहेछ । दीपिकाले अहिलेदेखि नै कुनै पनि नयाँ प्रोजेक्टबारे कसैसँग कुरा गरिरहेकी छैनन् । कान्तिपुरबाट

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);