हरर फिल्ममा कैटरिना | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

हरर फिल्ममा कैटरिना

katrina kaif

एजेन्सी, १४ फागुन । बलिउड अभिनेत्री कैटरिना कैफ अहिले सलमान खानसँग फिल्म ‘भारत’को छायांकनमा व्यस्त छिन्। यो फिल्म अली अब्बास जफरको निर्देशनमा बनिरहेको छ।

यसअघि कैटरिनाले जफरसँग ‘मेरे ब्रदर की दुल्हन’ र ‘टाइगर जिन्दा है’मा काम गरिसकेकी छन्। ‘अब कुन जनराको फिल्म गर्ने मन छ ? ’, कैटरिनासँग सोधिएको प्रश्नमा उनले भनिन्, ‘अहिलेसम्म हरर फिल्ममा काम गरेको छैन। त्यस्तै फिल्ममा काम गर्न मन छ।’ अली अब्बासले कैटरिनाका लागि एक हरर फिल्म लेखिरहेको जानकारी दिएका छन्।

अली अब्बास र कैटरिनाबीच साम्रो सम्बन्ध छ। दुवै अक्सर साथमा मस्ती गर्दै गरेको देखिन्छन्। अलीका प्रायः ठूला फिल्ममा कैटरिना देखिएकी छन्।

फिल्म ‘भारत’मा कैटरिनाको साथमा तब्बू, दिशा पाटनी, जैकी श्राफ, सुनील ग्रोबर लगायतका कलाकार छन्। यो फिल्म हिन्दीका साथै तमिल, तेलुगू र मलयालम भाषामा पनि रिलिज हुनेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।