सरकारी जग्गामा धमाधम निजीको संरचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारी जग्गामा धमाधम निजीको संरचना

godawari-nagarpalika

ललितपुर, १४ फागुन  । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।

अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।

डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभावी रुपमा सडक खनिएको छ । सरकारी जग्गा अतिक्रमण हुदापनि नगरपालिका भने मौन रहेको छ ।

नगरपालिकाको नगरपरिषद र नगर बोर्ड बैठकले वडा ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरेको थियो ।
स्थानीय सरकार संचालन ऐन, २०७४ मा स्पष्ट रुपमा सार्वजनिक जग्गा सम्पत्तिको संरक्षण गर्नु पर्ने उल्लेख गरिएको छ । सोही ऐनको दफा ९७ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख,मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन, जग्गा, पार्क लगायत अन्य संरचनाको गाउँपालिका तथा नगरपालिकाले संरक्षण गर्नु पर्ने ऐनमा उल्लेख गरिएको छ ।

सोही ऐनको दफा ९७को उपदफा २ मा सार्वजनिक तथा सामुदायिक सम्पत्ति बेचविखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन नपाउने व्यवस्था गरेको छ भने सोही दफाको उपदफा ३ मा नेपाल सरकारको स्विकृति नलिई यस्ता कामहरु गर्न नहुने उल्लेख गरिएको छ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);