‘सञ्जू’ मा लुकाइयो सञ्जयको जिन्दगीका यी ६ कुरा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

‘सञ्जू’ मा लुकाइयो सञ्जयको जिन्दगीका यी ६ कुरा

sanju

एजेन्सी, १६ असार । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ २९ जूनबाट रिलिज भएको छ । फिल्ममा सञ्जयको ड्रग एडिक्शन, एल्कोहल, आतंकवादी, जेल जस्ता कुरा समेटिएको छ तर उनको जिन्दगीका केही यस्ता घट्ना छन्, जुन देखाइएको छैन ।

१. सञ्जय दत्त र सलमान खानको मित्रता

सञ्जय र सलमानको दोस्तीको बारेमा बलिउड राम्रोसँग जानकार छ, तर फिल्ममा यो मित्रतालाई सोझो तरिकाले देखाइएको छैन । फिल्ममा जिम सरभलाई सञ्जयको साथीको रुपमा देखाइएको छ, जो उनलाई ड्रग्ससँग इन्ट्रोड्यूस गराउँछन् ।

फेरि एक सिनमा रणबीरले जिमलाई थप्पड मारेका छन्, जुन निकै कन्फ्यूजन छ । फिल्ममा जिमलाई हिरोको रुपमा देखाइएको छैन । जिम, सलमानको भूमिकामा नरहेको यसबाट स्पष्ट हुन्छ ।

२. माधुरी दीक्षितसँग अफेयर

१९९३ मा सञ्जय र माधुरीको अफेयर निकै चर्चामा थियो । सञ्जय पहिली श्रीमति रिचा शर्मालाई डिभोर्स दिएर माधुरीसँग विवाह गर्न चाहन्थे तर त्यही बेला उनलाई अवैध हतियार राखेको कारण जेल जानु परेको थियो र माधुरीसँग उनको सम्बन्ध विग्रिएको थियो । ‘सञ्जू’ मा यो हेर्न पाइँदैन ।

३. रिचा शर्मा

फिल्ममा सञ्जय दत्तकी पहिली पत्नी रिचा शर्माको बारेमा बताइएको छैन । सञ्जय र रिचाले १९८७ मा विवाह गरेको थिए । ९० को सुरुवातमा रिचालाई ब्रेन ट्यूमर भएको थियो र उनी उपचारार्थ अमेरिका गएकी थिइन् । १९९६ मा रिचाको निधन भएको थियो ।

४. रिया पिल्लई

सञ्जयले मोडल रिया पिल्लईसँग १९९८ मा विवाह गरेका थिए । यी दुईले २००५ मा बैबाहिक सम्बन्ध टुंग्याएका थिए । फिल्ममा सञ्जय र रियाको बारेमा पनि देखाइएको छैन ।

५. त्रिशाला दत्त

त्रिशाला, सञ्जय र रिचाकी छोरी हुन् । उनी अहिले आफ्ना हजुरबुबा-हजुरआमासँग अमेरिकामा बस्ने गर्छिन् । फिल्ममा उनको बारे पनि देखाइएको छैन ।

६. ‘रकी’ र ‘मुन्नाभाई एमबीबीएस’ मात्र

फिल्ममा सञ्जयको डेब्यु फिल्म ‘रकी’ र ‘मुन्नाभाई एमबीबीएस’ को बारेमा मात्र देखाइएको छ तर बाँकी फिल्मको छैन । ‘सञ्जू’ मा सञ्जयको इमोशनल जर्नीलाई बढी फोकस गरिएको छ ।

फिल्ममा सञ्जयको रोलमा रणबीर कपूर, सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । राजकुमार हिरानी निर्देशित यस फिल्ममा सोनम कपूर र अनुष्का शर्मा पनि छन् । फिल्मीखबरबाट 

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);