‘मुन्नाभाई’ को तेस्रो सिरिजमा अरशदको ठाउँमा रणबीर ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘मुन्नाभाई’ को तेस्रो सिरिजमा अरशदको ठाउँमा रणबीर ?

rabir-arshad-sanjay

‘सञ्जू’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको भूमिका निर्वाह गरेर तारिफ बटुलेका अभिनेता रणबीर कपूर अब ‘मुन्नाभाई’ सिरिजको तेस्रो फिल्ममा देखिने भएका छन् । फिल्मफेयरको रिपोर्ट अनुसार, रणबीर यो फिल्ममा अरशद वारसीको ठाउँ सर्किटको रोल प्ले गर्दै देखिन सक्नेछन् ।

‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाई’ मा अरशद वारसी सर्किट बनेका थिए तर अब तेस्रो फिल्ममा उनलाई ठाउँ नमिल्ने भएको छ र यो रोल रणबीरलाई जान सक्ने बताइएको छ ।

सुत्रका अनुसार, ‘सञ्जू’ मा रणबीरको पर्फमेन्सलाई देख्दै मेकर्सलाई यो भरोसा छ कि रणबीर यो रोलका लागि फिट छन् र सञ्जय दत्तको साथ उनको अनस्क्रिन केमेस्ट्री जर्बजस्त साबित हुनेछ ।

निर्देशक राजकुमार हिरानीको तर्फबाट अहिले नै रणबीरलाई कास्ट गर्ने विषयमा कुनै अफिसियल कन्फर्मेशन मिलेको छैन तर उनी रणबीरलाई सर्किटको रोलमा कास्ट गर्नका लागि गम्भिरतापूर्वक सोचिरहेका छन् । फिल्मीखबरबाट 

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);