ट्रयाकसुट ट्रेन्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रयाकसुट ट्रेन्ड

kangana

एजेन्सी, ५ साउन । फेसन क्षेत्रमा सन् २००० को दशकलाई विद्रोही कालका रूपमा लिइन्छ । यो बेला फेसन दुनियाँमा केही अलग गर्ने कोसिस भएको थियो । परम्परागत शैलीभन्दा फरक, नयाँ र नौलो काम गर्न फेसनकर्मी तल्लीन भए ।

प्राय: मर्निङवाक जाँदा वा घरै बस्दा लगाउने गरिएको यो पहिरन हिजोआज स्ट्रिट वेयरका रूपमा स्थापित हुँदै छ । सेलेब्रिटीहरूले आफ्ना कार्यक्रम वा भ्रमणका बेला ट्रयाकसुट लगाइदिएपछि यो पहिरन फेसनको प्रतीक बन्न थालेको हो ।

बलिउड अभिनेत्री कंगना रनौत सुन्तला रङको ट्रयाकसुटमा हालै मुम्बई एयरपोर्टतिर देखिएकी थिइन् । आफूले सहज र आरामदायी यात्राका लागि यो पहिरन रोजेको उनले भारतीय पत्रकारलाई बताइन् ।

अर्की अभिनेत्री सोनाक्षी सिन्हा पनि ट्रयाकसुटमै सजिएको भेटिइन् । दुबई जाने बेला उनी छिर्केमिर्के ट्रयाकसुट लगाएर फोटोग्राफरलाई पोज दिइरहेकी थिइन् । कालो टिसर्ट र सेतो स्निकरसँग उनले आफ्नो पहिरन म्याच गराएकी थिइन् ।

ज्याकलिन फर्नान्डेजको निलो–सेतो ट्रयाकसुटले उनलाई खेलाडी लुक्स दिएको देखिन्छ । श्रीदेवीकी छोरी जाह्नवी कपुर आफ्ना बुबा बोनी र बहिनी खुशीका साथ एयरपोर्टमा छँदा आरु रङको ट्रयाकसुटमा थिइन् । हातमा सानो ब्याग लिएर उनी घुम्न निस्किएकी थिइन् ।

आलिया भट्ट पनि एडिडास ट्रयाकसुट लगाएर नीलो गग भिरीवरी एयरपोर्टतिर लम्किँदै गरेको देखिइन् । कलेजी रङको लुगामा मिल्दो जम्पर लगाएकी उनी फूर्तिली देखिन्थिन् । यसो हेर्दा अभिनेत्रीहरूले एयरपोर्ट वेयरमा ट्रयाकसुट रोज्न थालेको प्रस्ट हुन्छ । केहीअघि बम्बर ज्याकेट र जिन्समा उनीहरू विमानस्थलमा भेटिन्थे । अब भने ट्रयाकसुट ट्रेन्ड आएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);