चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

student

सोलुखुम्बु, ५ साउन । दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो। भूकम्पले उनी पढ्ने विद्यालयको कक्षाकोठामात्रै भत्काएन, उनको खुट्टामा समेत चोट लाग्यो।

भूकम्पकै कारणले विक र उनका साथीहरु लामो समय विद्यालय जान सकेनन्। भूकम्पले उनी पढ्ने कोठासँगै अन्य कोठासमेत भत्किएर चर्केका थिए। भवन भत्किएसँगै सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ फाप्लुमा रहेको उक्त विद्यालयमा १५ दिनभन्दा धेरै समय पठनपाठन रोकियो। कक्षाकोठा भत्किएसँगै विद्यालयले विद्यार्थी कहिले खुला आकाशमुनि त कहिले अर्काे कक्षामा सामेल भएर अध्ययन गर्दै आएका थिए।

‘भूकम्पअघिसम्म कक्षामा पढ्दा हल्ला हुँदैनथ्यो,’ विगतको स्मरण गर्दै जीवनले भने, ‘एउटै कक्षामा दुईवटा कक्षाका विद्यार्थी राखेपछि हल्लाले पढ्नै सकिँदैनथ्यो। जेनतेन पढ्दै आयौं।’ जीवन र उनका साथीले भूकम्पले भत्काएको तीन वर्ष पनि नयाँ दुईकोठे भवन पाएका छन्। नयाँ विद्यालय भवन पाएसँगै जीवनजस्तै अन्य विद्यार्थी फुरुंग देखिन्थे।

‘भूकम्पले कक्षाकोठा भत्किएपछि धेरै रोयौं’, कक्षा ६ मा अध्ययनरत दोर्जे तामाङले भने, ‘अहिले भूकम्पले भत्किएको ठाउँमा अहिले टलक्क टल्कने कक्षाकोठा पाएका छौं, साह्रै खुसी छौं।’ दुधकुण्ड हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा तामाङ तीन वर्षको लगातार प्रयासले भूकम्पले भत्किएको विद्यालयको भवन तयार पार्न सकेको बताउँछन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);