कक्षा १ देखि ८ सम्मको पढाई एउटै कोठामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कक्षा १ देखि ८ सम्मको पढाई एउटै कोठामा

सुमित श्रेष्ठ
फागुन १८, रामेछाप ।
रामेछाप जिल्लाको खाडाँदेवि गाविस वडा नं.३ थान्सिङ्गमा रहेको माहाकाली आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद््यार्थीलाई एउटै कोठामा राखेर पढाउँने गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालयको भवन भत्काएपछि पुनः विद्यालयको भवन निर्माण हुन नसक्दा सबै कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको हो ।

कक्षा १ देखि ८ सम्मको पढाई एउटै कोठामा

सुमित श्रेष्ठ फागुन १८, रामेछाप ।

रामेछाप जिल्लाको खाडाँदेवि गाविस वडा नं.३ थान्सिङ्गमा रहेको माहाकाली आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद््यार्थीलाई एउटै कोठामा राखेर पढाउँने गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालयको भवन भत्काएपछि पुनः विद्यालयको भवन निर्माण हुन नसक्दा सबै कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको हो । बाँसको कप्टेराले बारिएको जस्ताको टहरोमा कक्षा १ देखि ८ सम्मका करिब डेढ सय विद्यालर्थीलाई एकै ठाउँमा राखेर पढाइदै आएको छ ।

सबै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँमा शिक्षकहरुले पढाएको नसुनिने र कक्षामा पढ्दा पनि एकअर्कामा डिस्टर्ड हुने गरेको विद्यार्थीको गुनासो छ । विद्यालको भवनसँगै डेस्क बेञ्च र कालोपाटीको समेत अभावामा विद्यार्थी पढाउन अप्ठ्यारो भएको शिक्षक बाणिराज आचार्यले बताए । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा दरबन्दीको शिक्षक ४ जना मात्र रहेकाले बालकोटा र विद्यालयको कर्मचारी गरि ६ जनाले पढाई चलाउनु परेको शिक्षकको गुनासो छ ।

भूकम्पपछि सामुदायिक समाज नामक गैरसरकारी संस्थाले विद्यालय भवन निर्माण गर्ने जिम्मेवारी लिएर पनि अहिलेसम्म भवन निर्माण हुन सकेको छैन । भवन निर्माणको लागि भन्दै भूकम्पले भत्काएको भग्दावसेस पञ्छाइए पनि निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);