सभासद पौडेल माथि आक्रमणको प्रयास | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सभासद पौडेल माथि आक्रमणको प्रयास

श्याम गुप्ता बारा , १८ फागुन ।
दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले बाराको निजगढमा गरेको अन्र्तक्रिया कार्यक्रममा बिवाद हुँदा सो कार्यक्रम बिथोलिएको छ । कार्यक्रममा बारा क्षेत्र नं.६ का सभासद पुरुषोत्तम पौडेलले कार्यक्रम आयोजकले सरकारी कार्यक्रममा बाहिरी मान्छेलाई कार्यक्रम सञ्चालन गर्न दिई अमर्यादित बनाएको भन्दै आपत्ती जनाए पछि संसदिय

सभासद पौडेल माथि आक्रमणको प्रयास

श्याम गुप्ता बारा , १८ फागुन ।
दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले बाराको निजगढमा गरेको अन्र्तक्रिया कार्यक्रममा बिवाद हुँदा सो कार्यक्रम बिथोलिएको छ । कार्यक्रममा बारा क्षेत्र नं.६ का सभासद पुरुषोत्तम पौडेलले कार्यक्रम आयोजकले सरकारी कार्यक्रममा बाहिरी मान्छेलाई कार्यक्रम सञ्चालन गर्न दिई अमर्यादित बनाएको भन्दै आपत्ती जनाए पछि संसदिय सचिवालयका कर्मचारी नारायण बस्नेत आँफैले कार्यक्रम सञ्चालन गरे ।

सभासद पौडेलले कार्यक्रम बारे आँफुलाई औपचारिक जानकारी नगराएको र आयोजकले कुँनै एउटा दल विशेषको निर्देशनमा सो अन्र्तक्रिया गरेको मन्तब्यको क्रममा बताए । आँफु लामो समय देखि यसै जिल्ला , क्षेत्रको विकासका लागि लागि पर्दै आई रहेको , निर्वाचित सबै जनताको प्रतिनिधी भएको बताउँदै घुमाउरो र आक्रोशित हुँदै सभासद पौडेलले आँफुलाई र एमालेलाई कसैले राजनीति गर्न नसिकाउँन र एमालेलाई निषेध गरेर नजान चुनौती दिए पछि माओवादी केन्द्र समर्थक आक्रोशित भएका थिए ।

आक्रोशित माओवादीका केही सर्मथकले पौडलले मन्तब्य दिई रहेको मञ्चमा उक्लिए पछि सभा हलमा हो हल्ला र तनाव बनेको थियो । कार्यक्रममा सहभागी एमाले सर्मथकहरुले पनि कडा प्रतिवाद गरे । लोकतन्त्रमा सबैको समान हक , अधिकार रहेको बताउँदै कसैको मन्तब्यमा हस्तक्षेप गर्न नहुँने एमाले समर्थकहरुको भनाई छ ।

सभासद पौडेलले आफ्ना मन्तब्य राख्दै गर्दा ब्यवस्थापिका संसद अन्र्तराष्ट्रिय सम्बध तथा श्रम समितिका सभापति प्रभु साह र समितिका सदस्य अर्का एक सदस्यले पटक÷पटक अवरोध गर्न थालेपछि नेता पौडेल झनैं आक्रोशित बनेका थिए । मञ्चमा आसिन जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतीले मञ्चमा उक्लिने माओवादी कार्यकर्तालाई रोकेका थिए ।

व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह सहिँत सभासदले आयोजना स्थल टाँगियाबस्तीको अनुगमन पछि निजगढ उद्योग वाणिज्य संघको सभा हलमा अन्र्तक्रिया आयोजना गरेको थियो ।

समितिका सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विशिष्ठ अतिथि रहेका थिए ।
माननीय पौडेलले निजगढ विमान स्थल र काठमाण्डौं दु्रतमार्ग निर्माणको क्रममा नेकपा एमालेका नेता कार्यकर्ताको योगदान सबै भन्दा बढी रहेको दाबी पनि गरे । मन्तव्यको क्रममा एमाले समर्थकले नेता पौडेलको पक्ष र अन्यले विपक्षमा हो हल्ला गर्ने क्रम चलेपछि स्थिती तनावपुर्ण बनेको र झडपको अवस्था आएको थियो ।

कार्यक्रम आसपास रहेका सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएसँगै अप्रिय घटना भने हुँन पाएन । समितिका अन्य सदस्य लगायत पूर्व प्रधानमन्त्रि एवंम् एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मन्तब्य राख्न नपाउँदै कार्यक्रमका सभापति प्रभु साहले कार्यक्रम सम्पन्न भएको बनावढी घोषणा गरेसँगै कार्यक्रम अधुरो बनेको थियो ।

पछिल्लो समय यता दु्रतमार्ग र अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको नाउमा स्थानीय स्तरकै राजनीतिक दलहरु बिच मतभेद र फरक÷फरक कार्यक्रम हुँन थालेको छ । उक्त कार्यक्रममा सभासद जीतेन्द्र देव , उमेशकुमार मण्डल , राधादेवी तिमल्सिना , राज्यलक्ष्मी श्रेष्ठ लगायत सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);