नेवाः समाज अर्घाखाँची–रुपन्देहीद्धारा बुटवलमा भैरव मन्दिर निर्माण | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

नेवाः समाज अर्घाखाँची–रुपन्देहीद्धारा बुटवलमा भैरव मन्दिर निर्माण

सत्यनारायण मानन्धर, बुटवल ||
माघ, २८ ||
नेवाः समाज अर्घाखाँची रुपन्देहीले बुटवलमा भैरव मन्दिर निर्माण गरेको छ । मन्दिरको एक कार्यक्रमकाबिच समुद्घाटन गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ स्थित रङ्गशाला मार्गको भीमसेन भैरवपथमा नेवाः समाज अर्घाखाँची–रुपन्देहीले बुटवल भैरव मन्दिर निर्माण कार्य सम्पन्न गरी एक कार्यक्रम विच समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी प्रदेशका सभासद् तथा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा नव निर्मित मन्दिरको उद्घाटन सम्पन्न गरेको छ ।


बुटवल उपमहानगरपालिका ११ स्थित रंगशाला मार्गको भीमसेन भैरव पथमा रहेको बुटवल भैरव मन्दिरको जग्गा लभगभ १६ धुर क्षेत्रफलमा रहेको छ भने मन्दिर मा ढुङ्गा र माटोबाट निर्मित भैरवको शिला रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद् तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले पानशमा दीप प्रज्वलन गरि भैरवको दर्शन पूजन गरि नव निर्मित बुटवल भैरव मन्दिरको समुद्घाटन गर्नु भएको थियो । समुद्घाटन पछि सम्पूर्ण जन समुदायलाई भैरव भगवानको दर्शन पूजन को लागि प्रत्येक दिन बिहानदेखी साँझसम्म मन्दिर खुला रहने नेवाः समाजका कोषाध्यक्ष डिलप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । मन्दिर समुद्घाटन कार्यक्रममा नौ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
भैरव मन्दिर निर्माणका लागि आर्थिक रकम सहयोग गर्ने २०८ जना दातालाई प्रशंसापत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिहरु समाजसेवी, जेष्ठ नागरिक मेघराज न्यौपाने, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, स्वास्थ्य बीमा बोर्डका सदस्य डा.मुक्तिराम श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त भैरव मन्दिर निर्माणका लागि तिनै तहका सरकारबाट कुनै आर्थिक रकम सहयोग नभए पनि स्थानीयको सहयोगबाट बुटवल भैरव मन्दिर निर्माण सम्पन्न भएको नेवाः समाज अर्घाखाँची–रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो । नेवाः समाज अर्घाखाँची – रुपन्देही बुटवलको मूल उद्देश्य संस्कृति पहिचानको संरक्षण एवं पर्यटन विकास लाई प्रवर्धन गर्नुका साथै नेवाः संस्कृतिको विशेष रूपमा रहेको भैरव नाचको जगेर्नाको लागि बुटवल भैरव मन्दिरबाट भैरव नाच प्रदर्शन हुने समाजका सचिव दुर्गाप्रसाद श्रेष्ठले बताउनु भयो । कार्यक्रममा नेवाः समाजका उपाध्यक्ष ओमप्रकाश श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्नु भएको थियो भने नेवाः समाजका सचिव दुर्गाप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार