इन्द्रायणी माताको दर्शनले रोग हरण हुने विश्वास | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

इन्द्रायणी माताको दर्शनले रोग हरण हुने विश्वास

काठमाडाैं, १० फागुन । इन्द्रायणी मन्दिर काठमाडौँ एक प्रसिद्ध शक्तिपीठको रुपमा मानिन्छ । यो मन्दिर ढल्को स्थित विष्णुमती नदीको पूर्व किनारमा अवस्थित रहेको छ । तिनतल्ले शैलिमा निर्मित यो मन्दिरमा इन्द्रायणीको शिला मूर्ति स्थापना गरिएको छ । मन्दिर दैनिक विहान ५ बजे खुल्ने र ८ बजे वन्द हुने गर्दछ । मन्दिरमा मूलपूजारीको रुपमा ब्रजाचार्य थरका व्यक्तिहरु रहने गरेको पाइन्छ जसलाई गुठी सस्थाले नै नियुक्त गर्ने गरेको बताइन्छ ।

यस मन्दिरमा दैनिक विहान मूलपूजारीले नित्य पूजा गर्ने गरेको र अन्य समयमा देउपालाहरुले नै मन्दिरको रेखदेख गर्ने गरिएको बताइएको छ । इन्द्रायणी देवी स्वर्गबाट पृथ्वीमा शुक्रवारका दिन अवतरण हुनु भएकोले यस दिन माताको जन्म दिन मानिन्छ । देवीलाई शुक्रवार सेतो, बस्त्र, फला नैवध चढाउने परम्परा रहेको छ । लामो समयसम्म बन्द रहेको मठमन्दिरहरु खुल्न थाले सँगै यो मन्दिरमा पनि भक्तजनको चहलपहल बढदै गएको मन्दिरका पूजारी बालकृष्ण बताउनु हुन्छ ।

उहाँका अनुसार यस मन्दिरमा विशेष गरि पर्व पर्वमा भीड हुनुको साथै शुक्रबार र शनीवार भक्तजनको विशेष उपस्थिती रहने गर्दछ । यी देवीलाई देवराज इन्द्रको शक्तिको रुपमा मानिनुको साथै स्वर्गकी महारानी पनि मानिन्छ । शुक्रबार उत्पती भएकी देवीलाई अष्टमातृका देवीको रुपमा पनि मानिन्छ । यी देवीलाई स्थानीय भाषामा लुती अजिमा भन्ने गरिन्छ ।

मन्दिरभित्र देवीको शिला मूर्ति दर्शन गर्न सकिनुको साथै दायाँबाया विभिन्न देवी देवता स्थापित गरिएको छ जसमा गणेश, भैरव, चामुण्डा, बाराही , वैष्णवी सिब्रिनी , ब्रम्हायणी, रुद्रायणी, बैष्णवी, कुमारी,मनकामना,बाराहि, मनमयजु, व्याघ्रिनी, र दायाँवाया गहुमाताका मूर्तिहरु रहेकाछन् । इन्द्रयणीमाताको दर्शनले सुख शान्ति र सम्वृद्धि बढनुको साथै रोगहरण हुने मान्यता रहेको छ । यस मन्दिरमा हरेक शनिवार भजन कृतन गरिने गरिएको बताइएको बताइएको छ ।

मन्दिर परिसरमा नारायण, बुद्ध भगवान, सरस्वती, हनुमान शनि देवता लगायतका देवीदेवताको दर्शन गर्न सकिन्छ । वंशावलीका अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर दैवी शक्तिबाट सुरक्षा दिनको लागि ८ कुनामा अष्टमातृका देवीको स्थापना गर्नुभएको मान्यता छ ।

नेपालको विभिन्न स्थाहरूमा इन्द्रायणी देवीको स्थापना गरेर पूजा गरिंदै आएको पाइन्छ । ३ तल्ले नेपाली शैलीमा निर्माण गरिएको यस मन्दिर २०७२ को भुइचालोले क्षति गरेको थियो । त्यसपछी मन्दिरलाई पूरा जग सम्म भत्काई भित्री जगको संरचनालाई जस्ताको तस्तै राखी परम्परागत रुपमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस मन्दिरमा हरेक वर्ष बाला चतुर्दशीको बेला जात्रा हुने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);