जीवन बिमा कम्पनीले वित्तीय विवरण तयार गर्दा एनएफआरएस अपनाउनु पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जीवन बिमा कम्पनीले वित्तीय विवरण तयार गर्दा एनएफआरएस अपनाउनु पर्ने

काठमाडाैं, १० फागुन । जीवन बिमा कम्पनीहरुले वित्तीय विवरण तयार गर्दा नेपाल फाईनान्सियल रिपोर्टिंग स्ट्याण्डर्ड एनएफआरएस अपनाउनु पर्ने भएको छ । बिमा समितीको हालैको निर्णय अनुसार यो नियम लागु गरिएको हो । यो बिमा कम्पनीहरुका लागि बाध्यकारी हुने बताइएको छ ।

यसबारेमा बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने नेपालमा रहेका बिमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली अपनाएर वित्तीय विवरण तयार गरि प्रकाशित गर्न निर्देशन दिईसकेको छ । समितिले भर्खरै एनएफआरएस निर्देशिका २०७७ समेत जारी गरेको छ ।

यसैले तोकेका प्रावधानहरुमा रहेर निर्जीबन बिमा कम्पनी र पुनःबिमा कम्पनीले एनएफआरएस बाट वित्तिय विवरण प्रकाशित गर्नुपर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);