इचंगु नारायणको भक्तिभावले पूजा गर्नाले तेज प्राप्त हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इचंगु नारायणको भक्तिभावले पूजा गर्नाले तेज प्राप्त हुने

काठमाण्डौ शहरको पश्चिम तर्फ सितापाइला गाँउमा इचगु नारायण मन्दिर अवस्थित छ । यो मन्दिरमा नारायणको शिला मूर्ति स्थपित रहेको छ । मन्दिर विहान ६ बजे भित्र खुल्ने र बेलुकी ७ बजे बन्द हुने यस मन्दिरमा भगवान नारायणको हरेक दिन विहान वैदिक विधिअनुसार पूजा आरधना गरिन्छ भने बेलुकी आरती गरिन्छ । काठमाडौ उपत्यकामा रहेका ४ प्रमुख नारायणहरु मध्ये एक मानिने श्री इचंगु नारायण मन्दिर हो ।

हरिदत्त वर्माले उपत्यकाका चारै दिशामा चार नारायण स्थापना गराएको मानिन्छ, जसमा उत्तरतर्फका नारायण इचंगु नारायण हुन् । इचंगु नारायणलाई कान्छो नारायण भनिन्छ भने क्रमश चागु नारायणलाई जेठो, विशंखु नारायणलाई माइलो र शेष नारायणलाई साइलो मानिन्छ । यस मन्दिरमा विशेष गरेर अन्य भक्तजन सन्तान प्राप्तीको इच्छाले आउने गरेको भएता पनि भगवान नारायणलाई भक्तिभावले पूजा अर्चना गरेमा तेज बढने, आर्कषण बढने धार्मिक मान्यता रहेको मानिन्छ ।

मन्दिर कहिले बनेको हो भन्ने यकिन नभएको बताइन्छ । यस स्थानमा ६ औं शताब्दीमा नै नारायणको स्थापना गरेको मानिन्छ । ६०० वर्ष पूरानो मानिने यस मन्दिरलाई २०१५ सालमा जीणोद्धार गरिएको बताइएको छ । यसमन्दिरको नामबाट नै यस ठाँउको नाम रहन गएको मानिन्छ । इचंगु नारायणलाई उपत्यकाको पश्चिम दिशाको रक्षक रुपमा पनि मानिन्छ । दुइतल्ले शैलिमा बनेको उक्त मन्दिर सुन्दर देख्न सकिन्छ ।

मन्दिरका दक्षिण तर्फ हरियो बन रहेको छ भने उत्तर पश्चिम तर्फका डाँडामा लागाइएका सयपत्रिफुलको मनमोहक दृश्य देखिनाले तिहार नजिकिएको महशुस गराउछ । मन्दिर परिसर भित्र उत्तर तर्फ सरस्वती मूर्ति स्थापित गरिएकोछ भने सँगै ढुगेधारा रहेको छ जहा निरन्तर पानी बगीरहेको देख्न सकिन्छ । धारासँगै शिवलिङ्ग स्थापित गरिएको छ ,मन्दिरको मध्यभागमा भगवान विष्णुको शयन गरेको सुन्दर मूर्ती स्थापित गरिएको छ ।

गरुडको मूर्ति सँगै पोखरीमा भगवान नारायण शयन गरेको मूर्ति स्थापना गरिएको छ भने पोखरीलाई वरपरी पर्खाले घेरीएको छ जहा चार नारायण, लक्ष्मिनारायण, बुद्ध भगवान, शिव पार्वती, भैरब, , शनिदेव, गायत्री, विश्वकर्मा, नाग देवता, इद्रायणी, कुवेर लगायतका सँगै हनुमानको मूर्ति रहेको छ । मन्दिरको दक्षिण पूर्वीकोणमा बौद्ध चैत्य देख्न सकिन्छ भने दक्षिण तर्फ भगवान गणेश र भिमसेनको दर्शन गर्न सकिन्छ । मन्दिरको पश्चिम तर्फ महालक्ष्मिको मन्दिर रहेको छ ।

प्राङ्गणमा पूराना शिलालेखहरु राखिनुको साथै मन्दिर प्राङणमा ठूला घण्टहरु राखिएका छन् । मन्दिरको उत्तर तर्फ भजन मण्डल पनि रहेको छ । विशेष गरेर एकदशीको समयमा र कार्तिक महिना भर भजन किर्तन हुने गरेको भएतापनि यस वर्ष संक्रमणको परिस्थितीले गर्दा नभएको बताइएको छ । मन्दिरलाई वैष्णव सम्प्रदायको महत्वपुर्ण स्थलको रुपमा लिने गरिएको छ भने नेवाः समुदायको अति नै महत्वपूर्ण र प्राचीन सम्पदा यात्रा दिपङ्खा यात्राको बेलामा यस स्थानलाई समावेश गरिकोले यहाँ पनि आउन पर्ने प्रचलन रहेको छ ।

यस मन्दिरमा अन्य समयमा भन्दा हरिबोधनि एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ । र्कािर्तक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आरधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण चाँगु, विशङ्खु, इचंगु र शेष नारायण दर्शन गर्ने परम्परा रहेको छ । त्यस्तै हरिबोधनी एकादशी अर्थात ठूलो एकादशी पर्वमा हिन्दु धर्मालम्वीहरुले ब्रत बसी चार नारायण र नसके एक नारायण भएपनि दर्शन गर्ने गरिन्छ । यसरी भगवान नारायणको दर्शन र पूजा अर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेको छ ।

ठूलो एकादशीका दिन इचंगु नारायण भव्य मेला लाग्ने गर्दछ । कार्तिक महिना नारायणको मनपर्ने महिना भएकोले ४ नारायण स्थानहरुमा प्रायः कार्तिक महिनाभरी नै मानिसहरु दर्शनका लागि जाने गर्दछन । कोरोका संक्रमण भयावह परिस्थितीले गर्दा पी मन्दिरमा छिटफुटमात्रामा भक्तजनहरु दर्शन गर्न आइरहेको देख्न सकिन्छ । हाल मन्दिरमा देवता , पूजारी घरको निमार्ण सगै पाटी सतलको पनि निमार्ण कार्य भइ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);