धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिएको तिल माधव नारायणको मन्दिर | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिएको तिल माधव नारायणको मन्दिर

काठमाडाैं, ५ माघ । भक्तपूरको टौमढी स्थित धार्मिक ऐतिहासिक एवं सांस्कृतिक महत्वले भरिएको तिल माधव नारायणको मन्दिर अवस्थित छ । विश्व सम्पदा सूचिमा सुचिकृत यो मन्दिर दुई तल्ले शैलिमा निर्मित छ भने छाना पित्तलले छाइएको छ । मन्दिर पश्चिम तर्फ मुखाकृत रहेको यो मन्दिरमा तिल नारायणको शिला मूर्ति स्थापना गरिएको छ । माघे संक्रान्तिको दिन उत्पत्ति भएको मानिने भएकाले तिल माधव नारायण भनिएको मान्यता छ ।

नारायणलाई जनै धारण नारायण पनि भनिन्छ । त्यसले गर्दा भगवान नारायणलाई छोरी मान्छेले छुनु नहुने विश्वास गरिन्छ । यहा भगवानको फोटो खिच्न नपाइने यस मन्दिरमा पूजारीमात्र प्रवेश गर्ने नियम छ । भक्तजनले बाहिरैबाट दर्शन गर्ने गर्दछन् । हरेक दिन मन्दिर दैनिक विहान ४ः०० बजे खोलि बेलुकी ८ः०० बन्द हुने दैनिक नित्यपूजा भने विहान ५ः ३० बजे गरिने र बेलुकी सन्थ्या आरति ५ : ०० हुने गरेको मन्दिरका पूजारी बाबुराजा राजपाध्याय बताउनु हुन्छ ।

उहाँका अनुसार यस मन्दिरमा दर्शनका लागि दैनिक भक्तजन आउने गरेतापनि विशेष गरेर माघे सक्रान्ति, जनै पूर्णीमा, र ठूला पर्वमा भक्तजनको उल्लेख्य मात्रामा भीड हुने गर्दछ । भगवान तिल माधव नारायण माघे संक्रान्तिको दिन उत्पत्ति भएको मानिनुमा पनि एउटा रोचक किम्वदन्ती रहेको पाइन्छ । किम्वदन्तीअनुसार कुनै समय भादगाउँका एक महाजनले तिलको व्यापार गर्ने गर्थे र जति व्यापार गरेपनि तिलमा कुनै कमी देखिएन ।

आफ्नो व्यावसाय झन् झन् राम्रो हुँदै जानुमा महाजन आफैँ अचम्म पर्दै थिए । एकदिन महाजनले तिलको बिउमा भगवान बिष्णुको मूर्ति फेला पार्छन , त्यो दिन माघको संक्रान्तिको हुन्छ । त्यो बेलादेखि भादगाउँका बासिन्दाहरू भगवान बिष्णुको कृपाले अन्न र श्रीसम्पत्तिको निरन्तर वृद्धि हुन्छ भन्ने जनविश्वासका साथ माघे संक्रान्तिको दिन तिल माधवको मूर्ति बनाई पूजा गर्न थालेको भनाई छ ।

त्यसैले माघे संक्रान्तिको दिन मन्दिरमा विशेष गरेर ध्यू चाकु सँगै तीलपनि चढाइने गरिन्छ । यस दिन गुठीले पनि पूजा पठाउने चलन रहेको छ । भगवान माधव नारायणलाई त्यसदिन घ्यू चाकू र तिल अर्पण गर्ने र भगवानको शरिरभरि ध्यूको लेपन गरिन्छ । उक्त ध्यू चारदिनसम्म मूर्तिमा राखि विसर्जन गरिन्छ । विसर्जन पश्चात प्रसाद स्वरुप ध्यू भक्तजन लाई वितरण गर्ने परम्परा रहेको मन्दिरका पूजारी बताउनु हुन्छ ।

भगवान नारायणको नाइटोमा लागाएको ध्यू यदि सन्तानको चाहाहुने महिला अथवा लामो समयसम्म विवाह भएर बच्चा नभएका महिलाले ग्रहण गरेमा सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेकाले संक्रान्तिको दिन सन्तानको चाहराख्नेहरु पूजा सामग्री लिएको भगवान दर्शन गर्न आउछन् भने त्यस्तै प्रसाद ग्रहणका लागि आउने गरेको बताइएको छ । यो मन्दिर कस्ले कहिले निर्माण गरेको हो भन्ने कुनै अभिलेख पाइदैन । तर पनि मन्दिर लिच्छवीकालमा निर्माणभएको हुन सक्ने पुजारी राजापाध्याको भनाइ छ ।

अहिले मन्दिर मर्मत सम्भार गरि सुन्दर बनाइएको छ । काठको कलाकृतिले भरिएको टुडाल र मन्दिरमा राखिएको तोरणले मन्दिर अझै सुन्दर देखिएको छ । मन्दिरका मूल ढोका ठिक अगाडि अग्लो खम्वामा बिराजमान रहेको गरुण मूर्ति राखिएको छ । दायाबाया स्थापना गरिएका खम्वामा नारायाणका अस्त्रहरु राखिएका छन् । त्यहि अस्त्रहरु राखिएको भित्र ढुंगा विछाइएको छ जहाँ परापूर्वका कालमा एकजना भक्तजनले नारायणको तपस्या गर्दा गदै त्यहि भासिएको भन्ने कथन रहेअनुसार त्यहा कसैले पनि नटेक्ने मान्यता रहेको पाइन्छ ।

त्यसैगरि मन्दिरभित्र स्थापना गरिएको नारायण मर्र्ति तिन हातमात्र रहेको देख्न सकिन्छ । यसको एउटा किम्वदन्ति रहेको छ । मन्दिरमा पूजारीको रुपमा कार्य गर्दै आउनुभएका अभिषेक शर्माका अनुसार लच्छवीकालमा युद्ध हुदा हात आफै काटेपछि त्यहाबाट भमरा उत्पन्न भई सबैलाई टोक्दा युद्धमा आएकाहरु भागेको भन्ने भनाइ छ । यस मन्दिरमा तिल माधव नारायण लगायत अन्य विभिन्न देवीदेवताहरुको मूर्ति स्थापना गरिनुसाथै मन्दिर पनि रहेको छ ।

जसअनुसार सूर्यनारायण मन्दिर र तिलकेश्वर महादेव मन्दिर रहेको छ भने यहाँ परापूर्वकाल देखिको इनार पनि रहेको छ । त्यसेगरि वराहको मूर्ति , कुमार, राधाकृष्ण, मक्ष्य नारायण, कामारुकामाक्ष्य ,सत्य नारायण, राम सिता, हनुमान लागायतको दर्शन गर्न सकिन्छ ।

मन्दिरमा रहेको अर्को कथन अनुसार मन्दिर अगाडि रहेको अग्लो खम्वामा अवस्थित गरुडको मूर्तिमा विहान दैनिक नित्यपूजा पश्चात मन्दिर अगाडिबाट गरुडको मूर्तिमा जलले अभिषेक गर्ने गरिएको छ अभिषेक गरिएको जन शरिरमा पर्दा हातखुट्टा दुखेको निको हुने र खम्वामा अडसलगाउदा कम्वर दुखेको निको हुने जन विश्वासले मनिसहरु सधै आउने गरेको बताइएको छ ।

मन्दिरमा तिल माधव नारायण मन्दिर स्थल सुधार समिति पनि रहेको छ । उक्त समितिमा मन्दिरको मर्मत सम्भार गर्ने व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्ने गर्दछ । यस मन्दिरमा सामूहिक बेल विवाहको आयोजना गरिनुकोसाथै चर्तुमास भरि पूराण लगाउने पनि गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);