भगवान चन्द्र विनायकलाई पूजा अर्चना गर्दा घाउ खटिरा निको हुने विश्वास (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

भगवान चन्द्र विनायकलाई पूजा अर्चना गर्दा घाउ खटिरा निको हुने विश्वास (भिडियोसहित)

काठमाडौं, ३ चैत । चाबहिलस्थित रहेको चन्द्रविनायक मन्दिर उपत्यकाको प्रमुख चार विनायक मध्ये एक मानि पूज्ने गरिन्छ । अन्य विनायकमा सूर्य विनायक, जल विनायक र अशोक विनायक मानिन्छ । दुइतल्ले शैलिमा निर्मित सो मन्दिरमा भगवान गणेशको शिला मूर्ति रहेको छ । यो मन्दिर विहान ४ बजे खुल्ने गर्दछ । मन्दिरमा दैनिक नित्य पूजा भने कर्मचार्य थरका पूजारीले गर्ने परम्परा रहेको छ ।

अन्य समयमा पूजाका लागि अर्का पूजारी रहने गर्नुहुन्छ । नागको आशनमा विराजमान रहुनु भएको भगवान चन्द्रविनायकको विशेषता भनेको घाउँ खटिरा निको पार्ने गणेशको रुपमा लिइने पूजारी कृष्ण संगतको भनाइ छ । मन्दिरको मूख्य मूर्तिमा दर्शन गराउदा भक्तजनले चढाएको प्रसादले मूर्ति विग्रेकाले प्राण प्रतिष्ठा गरि गणेशको अर्को मूर्ति मन्दिर सामुने राखिएको थियो ।

सो मूर्तिमा नै भक्तजनहरुले दर्शन गरिहेका थिए । कुनपनि कार्य शुभारम्भ गर्दा भगवान गणेशको पहिला पूजा अर्चना गरिने भएता पनि मंगलबार भगवान गणेशको पूजा अर्चना गर्ने विशेष दिन मानिन्छ । चन्द्र विनायकलाई पूजा अर्चना गर्नाको मनोकामना पूराहने धार्मिक विश्वास रहेको छ ।

यस मन्दिरमा अन्य दिनभन्दा मंगलबारको दिन श्रदालु भक्तजनहरुको बढी उपस्थीति हने गरेको पूजारीको भनाइ छ । भगवान प्रतिको आस्था र विश्वासका कारण मन्दिरमा दर्शन गर्न टाढा टाढाबाट पनि भक्तजनहरु आउनु भएको थियो । यो मन्दिरमा विशेषगरेर माघको मंगलबार ,पर्व पर्वमा, मंगलबार र शनिवार श्रदालु भक्तजनको उल्लेख्य उपस्थिती रहने गर्दछ । पूजारी सँगतका अनुसार कोराना कहरले गर्दा विगतमा जस्तौ भीड अहिले नभएको बताउनु हुन्छ ।

यहाँ मंगलबार र शनिवार दैनिक भजन कृतन पनि गरिने हुनाले मन्दिर प्राङ्गण भजन कृतनले गुन्जायमान रहेको थियो । मन्दिर परिसरमा भगवान गणेशका साथै हनुमान, भिमसेन नारायण, शिवलिङ्ग, चैत्य, सरस्वती, रामसिता, भैरव लगायत विभिन्न देवीदेवताको दर्शन गर्न सकिन्छ ।२०७२ सालको भूकम्पले क्षति पु¥याएको यो मन्दिर पून निमार्ण सम्पन्न भएपछि अझ सुन्दर देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);