मच्छिन्द्रनाथको जन्मदिन भव्यताका साथ पूजा आजागरि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मच्छिन्द्रनाथको जन्मदिन भव्यताका साथ पूजा आजागरि मनाइयो

काठमाडौं, १ माघ । हरेक महिना सूर्यले आफ्नो राशि परिवर्तन गर्ने गर्दछ त्यहि अनुरुप आज सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने हुनाले आजको दिनलाई माघे संक्रान्ति, मकर संक्रान्ति भन्ने गरिन्छ । हरेक संक्रान्तिलाई महत्वका साथ हेर्ने गरिन्छ ।

आजको दिनलाई मच्छिन्द्रनाथको जन्मदिन र उत्सव रुपमा पनि लिइने गरिन्छ । त्यसले गर्दा आज भगवान मच्छिन्द्रनाथलाई विशेष पूजा आजा गरिएको छ । यसदिनलाई उत्सवको रुपमा लिइने हुँदा मन्दिर परिसरमा भक्तजनहरुको उल्लेख्य उपस्थित रहेको थियो । आजको दिन मन्दिरमा कतिपय भक्तजनहरुले आफ्नो भाकल गरेका कारण पूजागर्न आएका देखिन्थे भने कतिपय दर्शन गर्न आएका थिए ।

दैनिक चार बजे खुलेर बेलुकी ८ बजे बन्द हुने यस मन्दिरमा विशेष गरेर संक्रान्ति, अष्टमी र पूर्णीमामा विशेष पूजा आजा हुने गरेको पूजारी संघका अध्यक्ष यज्ञ रत्न शाक्य बताउनु हुन्छ ।

यस अवसर मन्दिरमा नाम संगति पाठ गर्ने , भजन कृतन र , आरतीगर्ने गरिन्छ । त्यसैले पनि आज मन्दिर प्राङण भजन कृतनले गुञ्जायमान रहेको थियो । संक्रान्तिको सुवअवसरमा भक्तजनले भगवान मच्छिन्द्रनाथलाई तोरण चढाउनुका साथै विशेष पूजा र हवन गरेका थिए ।

यसरी मन्दिर प्राङ्णमा भक्तजनले विशेष पूजा आजा गर्दा पूजारीद्धारानै गर्नुपर्ने भएकोले पहिला पूजारीसँग अनुमती लिने प्रवधान रहेको अध्यक्ष शाक्यको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);