एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

रुपन्देही, ३ चैत । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित अमुवाबाट चैत्र २ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षिय राजु बुढाथोकी र ३१ वर्षिय संजिव भट्टराई छन् ।

भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजेपाम ट्याब्लेट १५ वटा, वानरेक्स कफ ३ बोतल र स्पामर्ट ओकहार्ड क्याप्सुल २४ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका धकधईमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);