मत्स्यनारायण मेला समाप्ति हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मत्स्यनारायण मेला समाप्ति हुँदै

विष्णु भगवानले दश अवतार लिंदा सबै भन्दा पहिले मत्स्य शरीर धारण गरेको पुराणमा उल्लेख

काठमाडौं, ३० असोज । मत्स्यनारायण मेला समाप्ति आज, मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमीटर दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिर मलमासको अवधिभर एक महिना मेला लाग्ने गर्दछ । तर यस वर्ष भने कोरोना संक्रमणको भयावह परिस्थितिले मेला स्थगत गरिएको थियो । मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ ।

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष मेला नलागेपनि लाखौंको सख्याँमा भक्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ ।

मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । पछिल्लो मलमास बिसं २०७५ मा चाँही मत्स्यनारायण मन्दिरमा पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ गरिएको थियो । वैदिक सनातन धर्मका अनुसार भगवान हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ ।

पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । मलमासको समापन संगै अब यसवर्षको चाडपर्वको लर्को शुरु हुनेछ । भोलिबाट दुर्गा भवानीकोपूजा अर्चना संगै सुभसाइतमा घरघरमा जमरा राखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);