पुरुषोत्तममास समापनको अन्तिम दिन आज | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पुरुषोत्तममास समापनको अन्तिम दिन आज

काठमाडौं, ३० असोज । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिएको आज पुरुषोत्तममास समापनको अन्तिम दिन,श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिएको । पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, पुरुषोत्तम मासको व्रतको उध्यापन र पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ र यज्ञादिको सागें गरिन्छ ।

यसका साथै नेपाल र भारतका बिभिन्न ठाँउमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको विधीवत अन्त्य आजैबाट हुनेछ । मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

भविष्य पुराणका अनुसार भगवान श्री कृष्ण स्वयमले अधिकमासमा व्रत लिने, दानपुण्य गर्ने ,शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप , कष्ट मोचन हुने भनि उल्लेख गरेको पाइन्छ । पद्म पुराणमा हरेक मानवले अधिकमासमा दानपुण्य गर्न जरुरी रहेको वताएको छ । यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ र बत्ति या दियोको दान र प्रज्जवलन लाई विशेष मानेको पाइन्छ । शकुनि, चतुष्पद, नाग र किंस्तुघ्न यि चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यि कुराहरु सक्रन्तिसंग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हो ।

आजवाट मलमास अथार्त अधिकमास र पुरुषोत्तम मासको अन्त भएको छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ । सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ ।

सामान्य रुपमा तिथीहरु चन्द्रमास र गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ । यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ । यसरी प्रत्येक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ र ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ । आजवाट अबको ३ वर्षका लागि मलमास आउनेछैन् । यस वर्ष असोजमा मलमास परेकाले दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन ।

मलमासमा पानी बार्न माइत गएका पत्नीहरु आजवाट पुन घर फर्कने क्रम शुरु हुनेछ भने सामान्य मासहरु अब शुरु भएका छन् । यो वर्ष अधिक मास असोज २ गतेदेखि ३० गते सम्म रहन गएको र त्यसको अन्तिमदिन पौराणिक सिद्धात अनुसार अधिकमासमा सनातनी श्रद्धालुहरूले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, पाठ, ध्यान, भजन, कीर्तन, भगवतभक्ति, श्रीमद्भागवत महापुराण, श्रीविष्णुपुराण लगायत पुरुषोत्तम माहात्म्य आदिको श्रवण, पठन, गर्नुका साथै अधिक मासको अन्तिम दिन विष्णु भगवानको ३३ नामले पूजा गरी काँसको थालीमा ३३ वटा मालपुवा राखेर पहेंलो कपडाले ढाकेर मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने शास्त्रोक्त वचन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);