परमा एकादशीको व्रत लिनाले समस्त पाप क्षय भई, दुखकष्ट दुर हुने र मोक्ष प्राप्त हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

परमा एकादशीको व्रत लिनाले समस्त पाप क्षय भई, दुखकष्ट दुर हुने र मोक्ष प्राप्त हुने

काठमाडाैं, २७ असाेज । आज परमा एकादशी, एउटा सामान्य वर्षमा २४ वटा एकदशी हुन्छन तर पुरुषोत्तम मासमा एकादशीको सख्याँ बढेर २६ हुने गर्दछ । यसरी अधिकमासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् । परमा एकादशीलाई हरिवल्लभा एकादशी पनि भन्ने गरिन्छ । यस एकादशीको व्रत लिनाले जीवनको सार्थकता प्राप्त हुने, समस्त पाप क्षय भई, दुखकष्ट दुर हुने र मोक्ष प्राप्त हुने बताइएको छ ।

यस एकादशी अधिकमास अर्थात पुरुषोत्तम महिनामा मात्र पर्ने भएकाले केवल ३ वर्षमा मात्र एकफेर आउने गर्दछ, अतुलनीय फल भएको यस एकादशी बिशिष्ट र ब्यापक रहेको बताइन्छ । यस एकादशीको व्रतले पाप, दरिद्रता र हानीक्षय संग जोडेर ब्याख्या गरिएको छ । ब्रतबस्दाको अघिल्लो दिन अर्थात दशमीवाटै तामसी भोजन नगरि शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ ।

यो ब्रत श्रीमान श्रीमतीले बस्दा अति उत्तम मानिन्छ भने संभव भएसम्म पतीपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । ब्रतको दिनर प्रातकालिन स्नान गरि एकादशी महात्मयको कथा श्रवण, भोजन नगरि भक्तिभावमा लीन हुने र तनमन दुबैको शुद्धिकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रात स्नान गरेर र दानपुण्य गर्न जरुरी रहेको बताइएको छ ।

धन र समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा नभएको बताइन्छ । ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशीको ब्रत बिशेष र अत्यन्त फलदायी मानिन्छ भनी एकादशी महात्मय र स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ । यस एकादशीलाई क्रृण मोचन गर्ने फलसंग पनि जोडेर हेरिन्छ । एकादशीमा भगवान बिष्णुलाई फुल, धुप, बत्ति लगायत हाते पखां पनि चढाउने चलन छ ।

ब्रतका दिन नजिकैको बिष्णु मन्दिरमा जाने र भक्तिभावका साथ हरिको नाम उच्चारण गर्ने भजन गाउने, दानपुण्य गर्ने लगायत बिष्णुसहस्त्रानाम पुस्तक समेत पढ्ने गरिन्छ । यस एकादशीको भक्तिपूर्वक व्रत लिने कसैलाई दुख्ख नहुने भनी एकादशी महात्मयमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);