मत्स्यनारायण मेला समाप्ति आज, मलमास पनि सकियो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मत्स्यनारायण मेला समाप्ति आज, मलमास पनि सकियो

काठमाडौं, ३१ साउन । यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ ।

यसका साथै नेपाल अनि भारतका बिभिन्न ठाँउमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ । मत्स्यनारायण मेला समाप्ति आज, मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमीटर दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिर मलमासको अवधिभर एक महिना मेला लाग्ने गर्दछ । मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ ।

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष मेला नलागेपनि लाखौंको सख्याँमा भक्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ ।

मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । पछिल्लो मलमास बिसं २०७५ मा चाँही मत्स्यनारायण मन्दिरमा पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ गरिएको थियो । वैदिक सनातन धर्मका अनुसार भगवान हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ ।

पृथ्वीको शुरुवात सगै भगवान नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । मलमासको समापन संगै अब यसवर्षको चाडपर्वको लर्को शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);