श्रीस्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आजबाट शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

श्रीस्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आजबाट शुरु

swasthani

काठमाडौं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

श्रीस्वस्थानी पूर्णिमाको १ महिने अबधिभर साखुँ स्थित शालीनदीमा मेला लाग्ने गरेको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेको गुनासो आउन थालेपछि आयोजकले यसवर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापन र अनुगमन गर्ने भएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको भनिएका स्थानमा पूजा आराधना गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वास रहदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);