सनातन कालदेखि धार्मिक रूपले महत्वपुर्ण मानिने श्री स्वस्थानी व्रत सुरु ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सनातन कालदेखि धार्मिक रूपले महत्वपुर्ण मानिने श्री स्वस्थानी व्रत सुरु ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य  \ माउण्टेन टेलिभिजन एचडी।

काठमाडौँ, पौष २३ । श्रीस्वास्थानी तथा माधव नारायण व्रत पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको छ। हिन्दु धर्मालम्बीहरु चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर गरिने व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । व्रत र कथा माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ। के महिला के पुरुष के बालबालिका सबैले स्वस्थानी कथा श्रवण गर्दछन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् ।

यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन रहेको छ।

स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउन समेत नमिल्ने मान्यता रहिआएको छ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ। आफू बसेकी स्थानकी देवीको पुजा गर्नु नै स्वस्थानी पूजा हो भन्ने मत पनि रहेको छ। कथा अनुसार सत्य युगमा भगवान विष्णुको मार्ग निर्देशन तथा कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको उल्लेख छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार पनि आफूले चिताएको पुग्ने विश्वासमा श्रीस्वस्थानीको व्रत बस्ने परम्परा रहि आएको छ । स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा मेला लाग्छ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ। व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ। यसरी व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने बताईकाले पनि ब्रत गर्नेको संख्या उल्लेख्य रहने गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);