स्वस्थानी व्रत आजदेखि शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वस्थानी व्रत आजदेखि शुरु

Sosthani-Brata

काठमाडौं, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु, विहानैदेखि शालिनदि लगाएतका तिर्थस्थलमा श्रद्धालुहरुको भिड  लागेको छ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभर साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात आइतबार बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिएको समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

पूजारीसँग जल लिनुअघि आइतबार नै व्रतालुले हातगोडाका नङ काटी शुद्ध बस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् ।

व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । सोमवार विहानैदेखि शालिनदि लगाएतका स्थानमा श्रद्धालुहरुको भीड लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);