टिपरले किचेर युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

टिपरले किचेर युवकको हत्या

tiperle hatya

धनुषा, २५ पुस । धनुषाको मिथिला नगरपालिकामा एक युवकको टिपरले किचेर मृत्यु भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको शुक्रबार बिहान नदीमै टिपरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरले अशंका गरेका छ ।

महतोलाई समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले जवरजस्ती किचेको हुन सक्ने प्रहरीको भनाई छ । साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन् ।

टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);