झापामा टिपरले किचेर मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

झापामा टिपरले किचेर मोटरसाइकल चालकको मृत्यु

motercycle durghatana

झापा, २९ फागुन । झापाको कमल गाउँपालिका १ बालुबारीमा टिपरले किचेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान केर्खाबाट निर्माण सामग्री लिएर हुलाकी राजमार्गतर्फ जाँदै गरेको ना १ क ६१६५ नम्बरको टिपरले किच्दा शिवसताक्षी नगरपालिका वडा नं ४ डाँडागाउँका २० वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

मे १ प ३७४७ नम्बरको मोटरसाइकलमा सवार कार्कीलाई कमल २ को क्याम्पा बजारतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।

चालकले पुनस् टिपर अगाडि बढाएर मारेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । घटनास्थल यतिबेला तनावग्रस्त बनेको छ। चालकले मादक पदार्थ सेवन गरी सवारीको साधन चलाएको स्थानीयको आरोप छ ।

टिपर हुलाकी राजमार्गको रतुवामाई कन्काई खण्डको सडक निर्माण गरिरहेको मोतीदान कन्स्ट्रक्सनको रहेको जनाइएको छ ।

ढिलोगरी घटनास्थल पुगेको प्रहरीले घटनास्थल तथा चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले तनावग्रस्त बनेको घटनास्थललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

यद्यपि स्थानीयबासीले दोषी चालकलाई हदैसम्म कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था सडक खोल्न नदिने बताएका छन्।

स्थानीयका अवरोधका कारण यो सडकमा कुनै पनि सवारीका साधन चल्न सकेका छैनन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);