टिपरको ठक्करले एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टिपरको ठक्करले एक महिलाको मृत्यु

tiper gorkha

गोरखा, १७ माघ । गोरखा नगरपालिका १० स्थित छेपेटारमा गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय एक महिलाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि टिपर ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित समूहले ठक्कर दिने टिपरमा आगो लगाएका छन् ।

साथै क्रसर उद्योगका अन्य टिपर र एक्साभेटर तोडफोड पनि गरेको जनाइएको छ । उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् । उक्त क्रसर उद्योग अवैध भएको दाबी स्थानीयको छ ।

गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० सञ्चालन गरिएको भन्दै उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ । स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);