चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने प्रहरीको फन्दामा

काठमाडौं, १६ माघ । प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो ।

घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षिणकाली नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई रकम निकालेको बताउनुभयो ।

चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो ।

यस्तै प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही जिल्ला घर भई काठमाडौं बस्दै आएका २७ वर्षका पारस श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै प्रवक्ता वोगटीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुट्दै गरेको अवस्थामा वाग्लुङ घरभई काठमाडौं बस्दै आएका २४ वर्षिय प्रकाश दर्जीलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको बताउनुभयो । प्रवक्ता वोगटीले आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पक्राउ गरेको समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);