सर्लाहीमा टिपरको ठक्करबाट रेडियोकर्मी कुश्वाहाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीमा टिपरको ठक्करबाट रेडियोकर्मी कुश्वाहाको मृत्यु

सर्लाही । सर्लाहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सञ्चारकर्मीको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा ८, बसतपुरक स्थित मुखिया चोकमा शुक्रबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुनतारा एफएम गौशाला रेडियोकर्मी ईश्वरपुर नगरपालिका–३ गौरीशंकर निवासी ३० वर्षीया अर्जुन कुश्वाहा हुन् । बसतपुरबाट हरिपूर्वातर्फ तीब्र गतिमा गइरहेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उनको मृत्यु भएको हो ।

उनी जुनतारा एफ एम महोत्तरी गौशालामा कार्यरत मार्केटिंग मेनेजर, तथा मैथिली कार्यक्रमका संचालक रहेको बुझिएको छ । दुर्घटनामा पश्चात आक्रोशित स्थानीयबासीहरुले शुक्रबार साँझ टिपरमा आगजनी समेत गरेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुश्नधान भई रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);