सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत

काठमाडौं, ११ माघ । पौष शुक्ल पक्षमा पर्ने एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । श्रावण र पौष दुबै महिनाको शुक्ल पक्षमा यस एकादशी पर्दछ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने मान्यता रहेको छ ।

सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानका सन्तान थिएनन् । ऋषिमूनिहरुको सल्लाह अनुरुप राजाले सवै विधि पुरा गरी पुत्रदा एकादशीको ब्रत बसेको र फलस्वरुप उहालाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पुत्रदा एकादशी ब्रतको महात्मे महत्वपूर्ण छ ।

यस एकादशी ब्रत बस्नुको साथै महात्मे सुन्नाले राम्रो मानिन्छ । एकादशीको ब्रत बस्ने ब्रतालुले अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्ने र यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ ।

बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गर्ने भगवानलाई नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर ब्रत र पूजा समापन गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);