बुटवलमा नेवार संस्कृतिको जगेर्ना गर्न नेवाः भोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बुटवलमा नेवार संस्कृतिको जगेर्ना गर्न नेवाः भोज

सत्यनारायण मानन्धर ||
रुपन्देही, फागुन १५ ||
बुटवलमा रहेका नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ नेवा भोजको आयोजना गरिएको छ । बुटवल ३ मा रहेको तिलोत्तमा नेवा मैजु खलःको आयोजनामा गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवा भोज कार्यक्रम गरिएको हो । मैजुका अध्यक्ष मिनु श्रेष्ठले नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताउनुभयो । नयाँ पुस्तामा नेवारी खानपिन, भाषा, संस्कृतिको बारेमा चिनारी गर्न कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनु भयो ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समुद्घाटन गर्दै नेपाल सबै जातजातीको फुलबारी भएको बताउनु भयो । नेवार जातीहरु संस्कार, संस्कृतिमा धनि र नेपालकै गौरवका रुपमा भएको उहाँको भनाई छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कार, संस्कृति चिनाउन यहाँका संघ संस्थाहरुको पहल महत्वपूर्ण रहेको बताईएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष विष्णु ढकालले आफ्नो वडामा नेवारहरुको धेरै बसोबासी रहेको र विभिन्न नेवारी पर्वमा आफ्नो संस्कृति संस्कार अनुसार कार्यक्रमहरु निरन्तर गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार आनन्द भगत श्रेष्ठले नेवारी समुदायका मानिसहरु संस्थागत भई आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनु भयो । सामाजिक कार्यमा समेत विविध कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा भोज खान आएका नेवाः समाज बुटवलका सल्लाहकार मानकाजी श्रेष्ठले नेवाः समुदायको नेवाः भोजमा सबै जातजाती लाई बोलाएर भोज खुवाएको र नेवारहरुको संस्कृति र कलाको झलक देखिएकोले सबै जातजातिले यसको अनुभव गर्दा थप आकर्षण बढेको बताउनु भयो ।
मैजुका महासचिव सुनिता श्रेष्ठले करीब ५ सय जना भोजमा सहभागी भएको जानकारी दिनुभयो । महिलाहरु संगठित भई खोलिएको संस्थामा १ सय ३६ जना सदस्यहरु छन भने संस्थाले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);