कञ्चनपुरको बेलौरीमा नहर फुट्यो, किसान समस्यामा | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कञ्चनपुरको बेलौरीमा नहर फुट्यो, किसान समस्यामा

पुष्कर भट्ट ||
कञ्चनपुर, फागुन १५ ||
कञ्चनपुरको बेलौरीमा महाकाली सिँचाइ द्धितिय चरण अन्तर्गतको नहर फुटेको छ । बेलौरी नगरपालिका – १० भुडामा रहेको शिवनगर मेन नहर फुटेको हो । नहर फुट्दा नहरको पानी भरिएर किसानले भर्खरै लगाएको उखु, मसुर लगायतका बालिहरुमा क्षति पुगेको छ ।
स्थानीय ओमप्रकाश पन्तले २ दिन अघि करिब १५ कट्ठामा लगाएको उखुबारीमा नहरको पानी भरिएको छ । त्यस्तै स्थानीय करन शाहीको करिब १० कट्ठामा लगाएको मसुरलाई पनि पानिले क्षति पु¥याएको छ । कृषक शाहीले नहरको पानिका कारण आफुहरुको बालिमा नोक्सानी पुगेको बताएका छन । उनले आफुहरुले नोक्सानीको क्षतिपुति पाउनुपर्ने समेत बताए ।
अर्का किसान ओमप्रकाश पन्तले सिँचाई कार्यालयको लापरवाहीका कारण आफुहरुले नोक्सानी बेहोर्नु परेको बताए । उनले आफुले भर्खर लगाएको उखुका साथै तरकारी र अन्यवालीमा समेत नोक्सानी भएकाले क्षतिपुर्ति दिएर नहर मर्मत सम्भार कार्य गरिनुपर्ने बताए । उनले नहरको फुटेको ठाउँ केही दिन अगाडि नै सम्बन्धितलाई देखाएको बताए । उनले आफुहरुले क्षतिपुर्ति नपाउँदा सम्म मर्मतको कामर्य समेत गर्न नदिने बताए । दशकौ अघि बनेको नहर सरोकारवाला निकायले मर्मत नगर्दा फुटेको स्थानीयले बताएका छन । महाकाली सिँचाइ कार्यालयको लापरबाहीले नहर फुट्दा नोक्सान भएको स्थानियहरुको आरोप छ ।
सोमबार शिवनगर मेन लाइन नहरमा पानी छाडिएको थियो । एकैचोटी धेरै पानी नहरमा छोडदा नहर फुटेको महाकाली सिँचाइ जल उपभोक्ता संघका केन्द्रिय अध्यक्ष भिम बहादुर थापाले बताए । ‘नहर जिर्ण भइसकेको छ’ थापाले भने ‘माटोले बनेको नहर दशकौ भैइसक्यो, एकैचोटी धेरै पानी छोड्दा नहर फुट्यो ।’
सिँचाइ कार्यालयबाट जेसिबी मगाएर अहिले मर्मतको काम भइरहेको उनले बताए । २०५५ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा नहर निर्माण सम्पन्न भएको थियो । विश्व बैंकको अरबौ लगानीमा निर्माण भएको नहरको निर्माण सम्पन्न पछि मर्मत गरिएको छैन । मर्मत नगर्दा पछिल्लो समय विभिन्न ठाउमा नहर फुट्ने समस्या देखिएको छ । केही महिना अघि बेलडाडिमा पनि शिवनगर मेन नहर फुटेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);