निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर

sikta sichai

बाँके, २ भदौ । सिक्टाको मूल नहर बनाउँदा ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले माटोलगायतका निर्माण सामग्री अन्यत्र लगेको खुलासा भएको छ। मूल नहर खन्दा निस्किएको माटो, ढुंगा, गिट्टीजस्ता निर्माण सामग्री अवैध ढंगले अन्यत्र लगेका कारण सिक्टाको नहर कमसल बन्न बल पुगेको स्थानीयको भनाइ छ।

कालिकाले मूल नहर खन्दा निस्किएको माटोलगायतका निर्माण सामग्री आसपासमै रहन दिएको भए नहरको संरचना बलियो बन्न सक्ने स्थानीय बताउँछन्। स्थानीयका अनुसार कालिकाले कुनै ठाउँको मूल नहर यति कमजोर बनाएको छ कि वर्षामा परेको पानी जम्दासमेत भत्कने गरेको छ। दोस्रो चरण (१७–३५ किमि) को मूल नहरको काम गर्दैगर्दा कालिकाले करिब ९५ करोड रुपैयाँमा कोहलपुर–राँझा सडकको पनि ठेक्का लिएको थियो।

जुन सडक कालिकाले तोकिएको अवधिभन्दा करिब आाठ महिना छिटो सम्पन्न गरेको थियो। सिक्टाको मूल नहर खन्दा निस्किएको माटो र चुरे क्षेत्रको नदीजन्य पदार्थ मनपरी ढंगले प्रयोग गर्न पाएका कारण कालिकाले उक्त सडक तोकिएको अवधिभन्दा छिटो सकेको स्थानीयले बताएका छन्।

तीन चरणमा निर्माण गरिएको सिक्टाको मूल नहरमध्ये दोस्रो चरणमा निर्माण गरिएको खण्ड सबभन्दा बढी क्षतविक्षत छ। १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको मूल नहर परीक्षणका क्रममा पटकपटक भत्कने गरेको छ। राप्ती नदीको ५० क्युमेक्स पानी बगाउने गरी बनाइएको मूल नहरमा ४/५ क्युमेक्स पानी बगाउँदा नै भत्कने गर् । जसले गर्दा सिक्टाको मूल नहर निर्माणमा गुणस्तरहीन काम भएको आंशका छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);