धरहरा पुनर्निर्माण पाँचौंपटक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धरहरा पुनर्निर्माण पाँचौंपटक स्थगित

dharahara tendar

काठमाडौं, २ भदौ । धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौंपटक स्थगित भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार प्रस्ताव खोल्ने मिति तय गरेको थियो। प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंंकास्पद भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो।

सो उजुरी छानबिनका क्रममा रहेकाले शुक्रबार तय गरेको मितिमा प्रस्ताव खोल्न नसकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए।प्राधिकरणले पुनः ५ गते प्रस्ताव खोल्ने नयाँ मिति तय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शंकास्पद कम्पनीको विषयका बारेमा छानबिन गरिरहेको उनले जानकारी दिए।

लगातार सूचना निकाल्दै म्याद थप गरिरहँदा टेन्डर दिएका कम्पनीलाई समेत समस्या परेको छ। सार्वजनिक खरिद नियमावलीअनुसार लगातार सय दिनसम्म टेन्डर खोल्न नसकेपछि पुनः टेन्डर गर्नुपर्ने हुन्छ। बिड भ्यालिडिटी पिरियड सय दिनको हुने भएकाले पुनः सूचना निकाल्न मिल्ने प्राधिकरणले जनाएको छ। सूचना निकाल्दै प्रस्ताव खोल्ने मिति स्थगित गरेको करिब दुई महिना बितिसकेको छ। प्राधिकरणले पहिलोपटक वैशाख ३१ गते सूचना जारी गरी प्रस्ताव आह्वान गरेको थियो। लगत्तै असार २० गते सूचना जारी गरी असार २६ गते आर्थिक प्रस्ताव खोल्ने मिति सार्वजनिक गरेको थियो।

धरहरा पुनर्निर्माणका लागि जेइक–लामा जेभी, सीआर ५ सीईसी–स्वच्छन्द जेभी, कुमार–सीएफईसी जेभी, जीआईईटीसी–रमनजेभी, सीआईसीओ कालिका–रसुवा जेभीले प्रस्ताव पेस गरेका थिए।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);