३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहरा निर्माणको ठेक्का | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहरा निर्माणको ठेक्का

dharahara namuna

२२ तल्लाको नयाँ धरहरा निर्माण हुने :

फूलमाया आले
काठमाडौं, १८ भदौ । २०७२ वैशाखको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदा धरहरा निर्माणको ठेक्का जिआइइटी रमन जेभीले पाएको छ । उक्त कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्ने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ।

धरहरा निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३१ मा बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वानपछि पेश गरिएका प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो ।

पाँच वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्ने कार्य पटक पटक स्थगित हुँदै आएको थियो । प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने कार्य स्थगित भएको थियो ।

प्राधिकरणले आइतबार खोलेको आर्थिक प्रस्तावमा जिआइइटी रमन जेभीले पाएको छ । उक्त कम्पनीले सबै भन्दा कम रकम कवोलेकोले छानिएको प्राधिकरणले जनाएको छ । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्ने जनाएको छ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छ । नयाँ बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भुकम्पका कारण ध्वस्त बनेको धरहराको अवशेषलाई संग्रहालयको रुपमा राखेर त्यसको ११ मिटर पूर्व २२ तल्लाको नयाँ धरहरा निर्माण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस वर्षको असोज महिनाबाट सुरु गरी दुई वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनर्निर्माण कोषमा २४ करोड जम्मा भइसकेको जनाइएको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइने प्राधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);