चिकित्सकका माग सम्बोधन गर्न सरकार सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चिकित्सकका माग सम्बोधन गर्न सरकार सहमत

काठमाडौं, १८ भदौ । सरकार आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न सहमत भएको छ । आन्दोलनरत चिकित्सकहरु र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवबीच भएको छलफल पछि सरकार माग संबोधन गर्न सहमत भएको हो ।

भदौ १ गतेदेखी जारी भएको मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा चिकित्सकहरु आइतवारदेखि आन्दोलनमा उत्रिएका थिए । मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएपछि त्यसको बिरोधमा चिकित्सकहरु लागेका थिए ।

सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन नरोक्ने बताएको छ । संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोकिने नेपाल चिकित्सक संघले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);