सरकारको गतिविधिप्रति देउवा असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सरकारको गतिविधिप्रति देउवा असन्तुष्ट

चितवन, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् । उनले कर बढाउने लगायतका सरकारका काम कार्वाही सन्तोषजनक नरहेको प्रतिक्रिया दिए ।

सोमबार चितवनमा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने योजना पनि अघि सारे ।

काँग्रेस सभापति देउवाले नयाँ मुलुकी ऐन जनभावना अनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा पनि जोड दिए । उनले संविधान, कानुन परिमार्जन गर्दै लैजाने दस्तावेज भएकाले यसलाई सोही अनुसार अघि बढाउन सरकारलाई आग्रह गरे ।

सभापति देउवाले मुलुकमा बलात्कार लगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी तत्काल कार्वाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);