मुलुकी ऐन संशोधनको माग सहित चिकित्सकको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकी ऐन संशोधनको माग सहित चिकित्सकको प्रदर्शन

chikitsakko pradarshan

फूलमाया आले
काठमाडौं, १७ भदौ
। मुलुकी ऐन संशोधनको माग सहित आन्दोलनरत चिकित्सकले राजधानीमा आइतबार विरोध जुलुस निकालेका छन् । वर्तमान मुलुकी ऐनले चिकित्सा पेशालाई संकटग्रस्त र आतंकित बनाएको उनीहरुले बताएका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको हो । मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी रहेको थियो ।

कार्यक्रममा चिकित्सकहरुले तत्काल ऐन संशोधन गर्न माग गरेका छन् । उनीहरुले कुनैपनि चिकित्सकले बदनियत चिताएर बिरामीको उपचार नगर्ने भन्दै डाक्टरहरुले त्रसित वातावरणमा काम गर्न नसक्ने बताएका छन् । साथै मुलुकी ऐनले चिकित्सा पेशालाई संकटग्रस्त र आतंकित बनाएको उनीहरुको भनाई छ ।

मुलुकी अपराध तथा फौजदारी संहिता संशोधनको माग गर्दै राजधानी बाहिरका जिल्ला प्रशासन कार्यालय अगाडि समेत चिकित्सहरुले प्रर्दशन गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थाको अकास्मिक सेवा बाहेकको सम्पूर्ण सेवा ठप्प पारिएको जनाएको छ ।

त्यस्तै नेपाल चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाएको छ । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो ।संघले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);