हक अधिकार सुनिश्चित गर्न महिला संघले बुझायो सुझाव पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

हक अधिकार सुनिश्चित गर्न महिला संघले बुझायो सुझाव पत्र

mahila sangh

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसको विधान संशाोधनमा आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि नेपाल महिला संघले आइतबार पार्टीको नेतृत्व समक्ष नौ बुँदे सुझाव पेश गरेको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा संघले पार्टीका महामन्त्री पूर्ण बहादुर खड्कालाई उक्त सुझाव पत्र बुझाएको हो । संघले बुझाएको सुझावमा पार्टीको वडा समिति देखि केन्द्रीय समिति सम्मका हरेक निकायमा पदाधिकारी सहित न्युनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने उल्लेख रहेको छ ।

सुभाव पेश गरे लगत्तै पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष एंव सासंद उमा रेग्मीले पार्टीमा सक्रिय रुपमा काम गरेका महिलालाई क्रियाशील सदस्यता दिनुपर्ने , टिकट बितरण गर्ने संसदिय समितिमा केन्द्र, प्रदेश, जिल्ला र वडा तहमा संघका सबन्धित तहका अध्यक्षहरुलाई समावेश गर्नु पर्ने आफूहरुको माग रहेको बताईन् ।

पार्टीले निर्वाचन लड्नको लागि स्थानीय तहमा ५० प्रतिशत र प्रदेश संघमा न्युनतम ३३ प्रतिशत टिकट दिनुपर्ने बूँदा राखिएको छ । साथै मधेशमा खस आर्यलाई आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतका बुँदाहरु रहेको जानकारी गराउँदै अध्यक्ष रेग्मीले आफ्हरुले दिएको सुझावलाई बिधानमा समावेश गर्नेमा बिश्वस्त रहेको बताईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);